मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपात

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपात

  • सोमवार, माघ ३, २०७८
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपात

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार