शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

  • आइतवार, माघ २, २०७८
गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन — गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ। शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका- २८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो।

अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए। घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए।

चर्चामा

सम्बन्धित समाचार