शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

  • शनिबार, माघ १, २०७८
सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

सप्तरी — सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षका धिरज सदाको मृत्यु भएको हो ।

ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो लिन गएका र त्यस क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ट्याक्टर पल्टिँदा पानीमा डुबेको शव प्रहरीले बाहिर निकालेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले बताए ।

चर्चामा

सम्बन्धित समाचार