बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

  • आइतवार, पुस २५, २०७८
कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

कैलाली — नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो ।

प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो ।

झडपमा युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने र मतपत्र छरिदिएका छन् । झडपपछि कैलालीको निर्वाचन अनिशचित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार