शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • पाकिस्तानको भारी हिमपातमा परि २२ जनाको मृत्यु

पाकिस्तानको भारी हिमपातमा परि २२ जनाको मृत्यु

हिउँ हेर्न गएका सयौँ मानिसको उद्दार गरिँदै

  • आइतवार, पुस २५, २०७८
पाकिस्तानको भारी हिमपातमा परि २२ जनाको मृत्यु

इस्लामाबाद — पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो। हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।

हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ । सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।

पछिल्लो समय सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए। हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार