शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • आगलागीमा जलेर एक महिलाको मृत्यु

आगलागीमा जलेर एक महिलाको मृत्यु

  • शनिबार, पुस २४, २०७८
आगलागीमा जलेर एक महिलाको मृत्यु

घर नजिकै थुपारेर राखेको खरमा आगलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगलागी हुँदा जन्तेढुंगा गाउँपालिका(४ डम्बर्खुaaaशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।

खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ ।

चर्चामा

सम्बन्धित समाचार