शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • पदलोभीहरुका कारण देश अस्थिर तिर धकेलियो स्थायी कमिटि सदस्य थापा

पदलोभीहरुका कारण देश अस्थिर तिर धकेलियो स्थायी कमिटि सदस्य थापा

  • शुक्रबार, पुस २३, २०७८
पदलोभीहरुका कारण देश अस्थिर तिर धकेलियो स्थायी कमिटि सदस्य थापा

बाजुरा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटि सदस्य कणर् बहादुर थापाले जनताको सहयोगले मात्रै देश चलाउन सकिने बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ जिल्ला अधिबेशन उद्धघाटन समारोहका प्रमुख अतिथी समेत रहेका थापाले यस्तो बताएका हुन ।
जनतालाई अल्मालाएर भ्रममा पारेर देश बराबाद गर्दै आएका तत्वहरुको पछाडी भ्रममा नपर्न आग्रह गरेका छन । देश र जनताको रक्षक भएर जनताको जनमतलाई आत्मसाथ गर्दै अगाडी बढ्ने संकल्प एमालेले बोकेको नेता थापाले बताए ।
नेकपा एमालेबाट कहलिएका नेता माधव कुमार नेपाल जस्ता गद्धार र पदभोगी प्रचण्डहरुले देशलाई अस्थिर तिर देश गएको उनले बताएका छन ।
जनताको जनमतको कदर गर्न नसकेर पदकै लागि दुई तिहाईको सरकार ढालेर माधव नेपाल र प्रचण्डहरु देउवाको आर्शिबाद लिन पुगेकाहरुबाट कुनै आशा भरोशा नर्गन आग्रह गरेका छन । भारतको ईसारामा चल्ने देउवाको शरण्मा गएकाहरुबाट देशको रक्षा जनताको आशा कहिल्यै पुरा नहुने हुदा जनताको रक्षाका लागि एमाले एक्लै भए पनि लागिरहेको बताए।
नेकपा एमालेले आफ्नो इमान बेचेको छैन र बेच्ने छैन उनले प्रतिबद्धता ब्यक्त गरेका छन । अबसरबादीहरुलाई नेकपा एमालेमा कुनै पनी ठाउँ खाली नरहेको बताएका छन । चाहे वडामा होस चाहे राष्ट्रिय राजनीतीमा होस नेकपा एमालेले कुनै स्वार्थ नबोकेरै अगाडी बढ्ने पार्टी नेकपा एमाले रहेको बताएका छन ।
पार्टी भित्र बस्न नसकेर जनताको जनमतलाई आत्मसाथ नगरी परिवार बादका नाईके प्रचण्डले गर्दा अहिले देशमा खैलाबैला भएको नेता थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार