शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रेस चौतारी नेपाल बाजुरा शाखाको पाचौँ जिल्ला अधिबेशन सम्पन्न

प्रेस चौतारी नेपाल बाजुरा शाखाको पाचौँ जिल्ला अधिबेशन सम्पन्न

  • बिहिबार, पुस २२, २०७८
प्रेस चौतारी नेपाल बाजुरा शाखाको पाचौँ जिल्ला अधिबेशन सम्पन्न

बाजुरा — नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको अधिबेशन सम्पन्न भएको छ । अधिबेशन बाट नन्दा थापा अध्यक्ष रहने गरी अधिबेशन सम्पन्न भएको हो ।
अध्यक्षका आकाङक्षी लक्ष्मीराज पाध्यायले बहिस्कार गरेका छन भने अर्का अध्यक्षका प्रत्यासी रमित बिकलाई सचिवमा लिएको निर्बाचान अधिकृत तुलाराम जैशीले बताएका छन ।
त्यसै गरी उपाअध्यक्षमा मदन बिक, कालिका उपाध्यायलाई चयन गरेको छ । सचिव रमित विक, सहसचिव निराजन सिंह र ललित नाथ रहेका छन भने कोषाध्यक्षमा शुसिल रोकायालाई लिएको निर्बाचन कमिटिले जनाएको छ ।
सदस्यहरुमा ईश्वर नाथ, प्रमित विक,सरिता नेपाली, मनिसा घटाला, सुनिता जैशी, पार्वती जैशी, कमला चदारा र रामबहादुर धामी सहित १५ सदस्यि समिति गठन गरिएको प्रेस चौतारी अधिबेशन निर्बाचान समितिले जनाएको छ ।
अधिबेशनमा अध्यक्षका आकाङक्षीहरुमा लक्ष्मीराज पाध्यायलाई फरक थारको भन्दै पन्छाउन खोजिएको र एक लौटी तरिकामा लागेपछी पाध्यायले बहिस्कार गर्न बाध्ययात्मक प्रस्थिती आएको बताए । बिधी र पद्धतीको कुरा गर्ने संगठनमा गुट उप गुट भनेर अपहेलित गर्ने र ब्याङ्यात्मक तरिकाले होच्याउन खोज्दा पाध्यायले संगठनमा बसिरहन उचित नभएको भन्दै बाहिरीएको बताए । अपहेलित भएर संगठनमा बस्नु भन्दा बाहिर बस्ने गरि उनले बहिस्कार गरेको बताएका छन ।
त्यसै गरी केन्द्रीय पार्षदहरुमा मदनराज जैशी, पदम सिंह, गगन अयडी, विमला रावल र सन्तोषी रावललाई लिएको छ । त्यस्तै प्रदेश पार्षदमा तुलाराम जैशी, धुब्र रोकाया, टेक बहादुर थापा, रोशनी रावल, बविता रोकाया र पवित्रा बुढालाई पठाउने निणर्य गरेको निर्बाचन कमिटिले जनाएको छ ।

No description available.
बडिमालिका नगरपालिकाको हलमा संचालन भएको अधिबेशन नन्दा थापाको अध्यक्षतामा संचालन भएको थियो । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्ब उद्योग मन्त्री कणर् बहादुर थापा रहेका थिए । बिषिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्र्चाज लाल बहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य पुर्ब आन्तरिक मामिला तथा कानुन, अर्थ मन्त्री प्रकाश शाह र केन्द्रीय सदस्य सहदेब बोगटी, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहका थिए ।
अतिथिमा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्यहरु, प्रचार बिभाग प्रमुख अमर खड्का प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिक, कृष्ण ओली, प्रेस सेन्टरका केन्द्रीय सदस्य निमेन्द्र शाही बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार