शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • नागरिकता बनाउन आएका व्यक्तिको बेहोस भएर कार्यालयमै मृत्यु

नागरिकता बनाउन आएका व्यक्तिको बेहोस भएर कार्यालयमै मृत्यु

  • बुधबार, पुस २१, २०७८
नागरिकता बनाउन आएका व्यक्तिको बेहोस भएर कार्यालयमै मृत्यु

सोलुखुम्बु — जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईका अनुसार बुधबार प्रशासनमा नागरिकताका बनाउन पुगेका शेर्पा प्रशासनमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल उद्दार गरी जिल्ला अस्पताल फाप्लु पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

शेर्पा नसालगायत विभिन्न समस्याका कारण केहि समयदेखि फाप्लु अस्पताल भर्ना भएर उपचार गराइरहेको खुल्न आएको छ । तर आज आफन्तले अस्पतालको अनुमतिविना नागरिकता बनाउन भन्दै जिल्ला प्रशासन पु्र्‍याएको अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए ।

उनका अनुसार मृतक शेर्पामा खुट्टा टेक्न नसक्ने लगायत अन्य समस्या देखिएको थियो । मृतकको शव अहिले जिल्ला अस्पतालको शव गृहमा राखिएको अस्पतालले जनाएको छ । करिब २७/२८ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका शेर्पाले हालसम्म नेपाली नागरिकता नलिएको वडा कार्यालयले जनाएको छ ।स्राेत अन्रपुर्ण पाेष्ट ।

चर्चामा

सम्बन्धित समाचार