बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचनको लागि एमालेबाट बाजुराका काशी बहादुर विक सिफारिस

राष्ट्रिय सभा निर्वाचनको लागि एमालेबाट बाजुराका काशी बहादुर विक सिफारिस

  • शनिबार, पुस १७, २०७८
राष्ट्रिय सभा निर्वाचनको लागि एमालेबाट बाजुराका काशी बहादुर विक सिफारिस

बाजुरा  — राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट बाजुराका काशि बहादुर बिक सिफारिस भएका छन ससुदूरपश्चिम प्रदेशबाट बाजुराका काशी बहादुर विक सहित ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिएका छन् ।

रावतलका अनुसार खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस भएको हो । सिफारिस भएका नौ जना मध्येबाट ३ जनाको नाम अन्तिम केन्द्रीय कमिटीद्धारा सिफारिस हुने छ ।
खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो । त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन् ।

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएको छ । कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुने छ ।

चर्चामा

सम्बन्धित समाचार