सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेस मतगणना : ९९ प्रतिस्प्रधि मध्ये बाजुराका गिरी ४५ औँ स्थानमा

काँग्रेस मतगणना : ९९ प्रतिस्प्रधि मध्ये बाजुराका गिरी ४५ औँ स्थानमा

  • आइतवार, पुस ४, २०७८
काँग्रेस मतगणना : ९९ प्रतिस्प्रधि मध्ये बाजुराका गिरी ४५ औँ स्थानमा

बाजुरा — नेपाली काँग्रेसको १४ औ केन्द्रिय महाधिबेशनमा बाजुरा जिल्लाबाट खुला केन्द्रिय सदस्यमा लडेका जनकराज गिरी ४५ औँ स्थानमा रहेका छन् । सिटौला पक्षधर गिरीको मत परिणम अनुसार ४५ औँ स्थानमा रहेका छन ।
कुल ४ हजार ७ सय ४३ मतदाता मध्ये ४ हजार ६ सय ८९ मत खसेको नेपाली काँग्रेशले जानकारी दिएको छ । काठमाण्डौमा जारी मतगणनामा २ हजार ९ सय ९३ मत गणना हुँदा गिरीले ८ सय ९५ मत प्राप्त गरेका छन् । अब एक हजार ६ सय ९३ मत गणना हुन बाँकी रहेका छन् ।
खुला केन्द्रिय सदस्यको लागि ३५ जना संख्यामा ९९ जनाको उम्मेद्धारी परेको थियो । नेपाली काँग्रेसको मंसिर २४ गते काठमाण्डौमा भएको केन्द्रिय महाधिबेसनको मत गणना जारी रहेको छ ।
यो भन्दा पहिला पदाधिकारीको मत गणना भएर सकीएको छ । खुला केन्द्रिय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको नेपाली काँग्रेशले बताएको छ । आजै साँझसम्म सदस्यहरुको मतपरिणम आईसक्ने निर्बाचान कमिटिले जानकारी दिएको छ ।
बाजुरामा एकै प्यानल बनाएर गएका ब्रदि पाण्डेले सह महामन्त्रीमा निर्बाचित भईसकेका छन भने केन्द्रिय सदस्यमा लडेका गिरीको मत गणना जारी छ ।

चर्चामा

सम्बन्धित समाचार