बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीको मुख्य चोकको बीच सडकमै भ्वाङ परेपछि ….

सदरमुकाम मार्तडीको मुख्य चोकको बीच सडकमै भ्वाङ परेपछि ….

  • बिहिबार, पुस १, २०७८
सदरमुकाम मार्तडीको मुख्य चोकको बीच सडकमै भ्वाङ परेपछि ….

बाजुरा —  महिनौ दिन सम्म सदरमुकाम मार्तडीको बिच सडकमै भ्वाङ पर्दा कसैको ध्यान नगएको पाईएको छ । मार्तडी बजार भित्र प्रबेश गर्ने मुख्य सडक र मार्तडी कोल्टी सडक अन्तरगत बिच चोकमा रहेको डिआर मस्ट होटल अगाडी भ्वाङ परेको महिनाै भइसक्याे । दुई बर्ष अगाडी मात्रै निर्माण कार्य सम्पन्न भएको सो सडक सदरमुकामको मुख्य सडक र मार्तडी कोल्टी सडक मुख्य सडकमा पर्दछ ।
मुख्य बजारको सडककै बिचमा भ्वाङ पर्दा कसैको ध्यान नगएको स्थानियले बताएका छन । बडिमालिका नगरपालिका वडा नम्मर ९ स्थित डिआर मस्ट होटल अगाडीको चोकको बीच चोक सडकमा भ्वाङ परेको महीनौ भइसक्दा पनी नगरपालिकाको ध्यान नगएको स्वारी चालकको गुनासो रहेको छन ।
दैनिक मार्तडी बजार र कोल्टी मार्तडी आवत जावत गर्ने सवारी साधानहरु सो सडकमा यो अवस्थामा हुदा कसैको ध्यान नगएको यातायात ब्यबासायीहरुले बताएका छन । अहिले उक्त सडकमा प्वाल परेको छेउबाट जोखीम मोलेरै सवारी संचालन गरिएको ब्यबासायीहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार