मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • भिरबाट लडेको गाईले किचेर घाईते भएकी थेवा सञ्चो भएर घर फिर्ता

भिरबाट लडेको गाईले किचेर घाईते भएकी थेवा सञ्चो भएर घर फिर्ता

  • शुक्रबार, मंसिर १७, २०७८
भिरबाट लडेको गाईले किचेर घाईते भएकी थेवा सञ्चो भएर घर फिर्ता

बाजुरा–भिरबाट लडेर आएको गाईले किचेर घाईते भएकी बडिमालिका नगरपालिका ३ की ६५ बर्षिया थेवा रोकाया सञ्चो भएर घर फिर्ता भएकि छन् । बडिमालिका खबर लगायत सञ्चारमाध्यममा उपचार अभाबमा अलपत्र रहेको समचार प्रकाशित पछि उनको काठमाडौमा उपचार भएको थियो ।
समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौमा उपचारमा सहयोग गरेको थियो । संस्थाले २ महिना सम्म राष्टिय ट्रमा सेन्टरमा उपचार गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
थेवाको परिवारको आर्थिक अबस्था कमजोर भएकोले उपचारमा समस्या भएको समचार पछि काठमाडौमा उद्धार गरेर उपचार गरेको बस्नेतले वताए । दुई महिना उपचार गरयौ अहिले सञ्चो भएर बाजुरा पठाएको संस्थाले वताएको थियो । लडेर आएको गाइले किचेर घाईते भएकी रोकायाको जिल्ला अस्पतालमा उपचार हुन नसकि सेति प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।
सेति प्रादेशिक अस्पताल पनि उपचार सम्भव नभएको भन्दै रिफर गरेको उनका छोरा टेक बहादुर रोकायाले बताएका छन । संस्थाले उपचारमा सहयोग गर्ने भएपछि धनगढी बाट जहाज मार्फत काठमाडौ पुयाएर उपचार गरेको टेकले वताएका छन् ।
गाइ चराउन गएकी थेवा साझँ पख घर ल्याउने क्रममा भिरबाट गाइ लडेर आयो र तल रहेकी थेवाको शरिरमा लछारीदा उनि घाईते भएकी उनका आफन्त अमर खड्काले बताएका छन । आर्थिक अवस्था निकै कमजोर भएकोले थेवाको धनगढी सम्म एम्बुलेन्सको भाडा तिर्ने पैसा पनि नभएकोले मार्तडि देखी नेपाल प्रहरीले आफ्नो गाडीमा बल्दे सम्म पुर्याइदिएको थियो । त्यहाबाट बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको समन्वयमा एम्बुलेन्समा धनगडी पुर्याएकी थिईन् । अमेरिका बस्नु सुनि गुरुङ्गले ५ हजार र अमृत ढुङ्गानाले ५ हजार उपचारमा समेत सहयोग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार