मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरा जुकाेटका मिनले उपचार गरेको पैसा तिर्न नसक्दा अस्पतालको बेडमै (भिडियाे सहित)

बाजुरा जुकाेटका मिनले उपचार गरेको पैसा तिर्न नसक्दा अस्पतालको बेडमै (भिडियाे सहित)

आर्थिक अभाबमा थप उपचार गर्न समस्या

  • शुक्रबार, मंसिर १७, २०७८
बाजुरा जुकाेटका मिनले उपचार गरेको पैसा तिर्न नसक्दा अस्पतालको बेडमै (भिडियाे सहित)

बाजुरा–कैलालिको धनगढीमा रहेको निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर अस्पतालमा उपचार गरेको पैसा तिर्ने नसक्दा डिस्चार्ज गरेको बिरामी अस्पतालको बेडमा रहेका छन् । चार दिन पहिला बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका ३ जुकोटका मिन बहादुर शाहिलाई डिस्चार्ज गरेको भएपनि पैसा नहुदा उनि अस्पताको वेडमा रहेका छन् ।
दुबै मृगौलामा समस्या भएका शाहीले अस्पतालमा १ हप्ता सम्म उपचार गरेका थिए । तिन दिन आइसियुमा उपचार गरेका शाहिलाई उदारोमा अस्पताल उपचार गरेको थियो । उनको उपचार गरेको रकम ५१ हजार रहेको छ, पैसा नहुदा चार दिन देखि अस्पतालको बेडमै रहेका छन् । अस्पतालमा कार्यरत एक नर्सका अनुसार उनलाई चार दिन पहिला रिफर गरेको हो, तर पैसा नभएर यहि रहेको वातएका छन् ।
अस्पतालले तत्काल १ महिना पछि अप्रेसन गर्ने गरि औषधि दिएर घर पठाएको हो । १ महिना पछि अप्रेसन गर्ने त धेरै टाढाको बिषय हो, अहिले उपचार गर्ने पैसा तिर्न नसक्दा अस्पतालमै रहेको रुदै मिन बहादुर शाहीले वताएका छन् । शाहीका बुवा दत्त बहादुर शाहि ७५ बर्षका छन्, घरमा बुढा बुवा र आमा छन्, घरमा अरु कोही छैन्, कहाँ बाट पैसा तिर्ने शाहीले वताए । उनको परिवार क वर्गको गरिब परिवारमा रहेका छन् ।
मिन बहादुर मृगौलाको लामो समय देखी बिरामी रहेको आफन्त देबेन्द्र शाहीले वताए । पहिला पनि निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर अस्पतालमा उपचार गरेका थियौ, त्यो बेला पनि ९० हजार जति खर्च भयो, फेरि उनलाइ अफ्ठयारो भएपछि अस्पतालमा भर्ना गरेको वताए । अस्पतालले १ हप्ता उपचार गरेर अहिले घर पठाएको थियो । दुबै मृगौलामा पत्थरी रहेकाले दुबै मृगौलाको अप्रेसन गर्नुपर्ने अप्रेसनका लागि पैसा बनाउन समेत वताएको छ ।
शाहीको एउटा मृगौलामा ३६ एमएम र एउटामा ५३ एमएमको पत्थर रहेको वताएको छ । शाहीको पिसाबाट पिप समेत बग्ने गरेको छ । दाया मृगौको त आधा भागले काम गर्न समेत छोडिसकेको चिकित्सकले वताएका छन् । शाहीको उपचार गर्ने पैसा नहुदा रोग च्यापदै जादा अहिले यो अबस्थामा पुगेको आफन्त कुबेर बहादुर शाहीले वताएका छन् । समयमै उपचार नगरे मृगौला काम नगर्ने हुन सक्ने चिकित्सकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार