शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा जीव दुर्घटना १ जना गम्भिर घाइते

बाजुरामा जीव दुर्घटना १ जना गम्भिर घाइते

  • आइतवार, मंसिर १२, २०७८
बाजुरामा जीव दुर्घटना १ जना गम्भिर घाइते

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीको कारागार नजिकै जीप दुर्घटना हुँदा १ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गैरी बजारबाट आएको जीव तुफान डाँडामा मोड्ने बेलामा दुर्घटना भएकाे हाे । से १ ज ९६० नम्मरको जीप बिहान ५ बजे दुर्घटना हुँदा जीवका सहचालक घाइते भएका प्रहरीले जनाएकाे छ । जिपका भने सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार घाईते हुने सहचालक बडिमालिका नगरपालीका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी रहेका छन । घाईते भने बोलीरहेका छैनन् घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लाग्दा जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जीप सडकदेखि करिब १सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई घटना स्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार