बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका १ को माओवादी केन्द्रको अध्यक्षमा ः नेपाली

बडिमालिका नगरपालिका १ को माओवादी केन्द्रको अध्यक्षमा ः नेपाली

  • मङ्लबार, मंसिर ७, २०७८
बडिमालिका नगरपालिका १ को माओवादी केन्द्रको अध्यक्षमा ः नेपाली

बाजुरा — बडिमालिका नगरपालिका १ को नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षमा कणर् नेपाली सर्बसम्मत चयन भएका छन् ।
मंगलबार भएको वडाको प्रथम वडा अधिवेशनमा अध्यक्ष कणर् नेपालीकोे अध्यक्षतामा १९ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नर बहादुर चदारा, किडी चदारा, सचिवमा सनु नेपाली रहने गरी सर्बसहमतिद्वारा वडा कमिटी चयन गरिएको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ ।
कणर् नेपालीको अध्यक्षतामा संचालन भएको अधिबेसनको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र जिल्ला सचिव रमेशराज बिक (कमरेड साहसी ) बिशिष्ट अतिथि बडिमालिका नगरपालिका ईन्चार्ज मान बबहादुर बिक , अतिथि जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख चन्द्र थापा लगाएका नेता तथा पार्टीका भातृ संगठनका प्रमुख रहेका अनेरास्ववीयू क्रान्तिकारी अखिल नेपाल बाजुरा जिल्ला अध्यक्ष खेमराज साउदले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार