शुक्रबार, मंसिर १७, २०७८
  • होमपेज
  • त्रिवेणी
  • मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास

मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास

  • सोमवार, मंसिर ६, २०७८
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास

बाजुरा — मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास बाजुरा जिल्लाकाे त्रिबेणी नगरपालिकामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र युनिसेफको परियोजनाको संयोजनमा भएको कृतिम घटना अभ्यासमा कार्यक्रम त्रिबेणी नगरपालिकाकाे प्रङ्गणमा सम्पन्न भएकाे थियाे ।

मानव जिबनमा आईपर्ने आपतबिपत ब्यवस्थापनलाई सहजिकरण गर्ने तथा जनचेतना प्रदान गर्ने उदेश्यले त्रिबेणी नगरपालिका बिपत ब्यवस्थापन समितिकाे अायाेजना र नेपाल रेडक्रस साेसाइटी बाजुराकाे बिपत जाेखिम न्युनिकरण परियाेजनाकाे सहकार्यमा कृत्रिम ब्यवहारिक अभ्यास सुरु गरेको  जनाएकाे छ। बर्षाकाे समयमा  बर्सेनि लाखौको क्षति भईरहेको हुदा बिपतबाट कसरी बच्ने र बचाउने तरिकाको प्रत्यक्ष अभिनय गरेका छन।

  त्रिवेणी नगरपालिका आयोजनामा त्रिवेणी नगरपालिका स्तरीय बाल केन्दि्त विपत जोखिम न्युनीकरण नगरस्तरीय कृतिम घटना अभ्यास सञ्चालन गरेकाे नेपाल रेडक्रस साेसाइटी बाजुराका कार्यक्रम संयाेजक इस्वरा सुबेदीले बताएकी छन । कार्यक्रमको आर्थिक तथा प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी र युनिसेफको रहेको छ ।
विपद्र जोखिमबाट बच्नाको लागि पुर्व तयारीका लागि पुर्व अभ्यास गर्न कृतिमा घटना अभ्यास सञ्चालन गरेको बाल केन्द्रीत जोखिम न्युनीकरण कार्यक्रम अधिकृत ईश्वरा सुवेदीले बताइन ।
नगरपालिकामा विपद्र पुर्व प्रतिक्रय याेजना तयार गरिएको छ । उक्त योजनामा भएका विभिन्न श्रेत्र गत समुहको भुमिकालाई अभ्यासमा उतर्न र सिकाइलाइ आदानप्रदान गर्ने गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरेको नगरप्रमुख रामसिंह रावलले बताए ।

विपद्का घटनापछि उद्धार र राहतमा खटिने स्वयम सेवकहरूले कसरी राहत तथा उद्धारका कार्यहरू गर्न सकिन्छ भन्ने उदेस्यका साथ साे कार्यक्रमकाे अायाेजना गरिएकाे रेडक्रस साेसाइटी बाजुराले जनाएकाे छ ।   अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको भन्दै यसको पूर्वतयारीमै जोड दिनुपर्ने  घटना अभ्यास कार्यक्रमका सहभागीहरूकाे  धारणा रहेकाे थियो ।  विपद्का घटनाको न्यूनीकरणका लागि पूर्वतयारीदेखि घटना भइहालेमा के कसरी उद्धार गर्ने भन्नेबारे यस्ता अभ्यासले राम्रोसँग जानकारी साे अभ्यासले दिएकाे छ । यस्ता अभ्यासले विपद्का घटनाबाट भइरहेको मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास दिएकाे छ।

विपद्को जोखिम न्यूनीकरणमा स्थानीय पालिका प्रदेश र संघले आपसी समन्वयलाई विशेष ध्यान दिनु जरुरी रहेको धारणा रेडक्रसकाे रहेकाे छ । कृत्रिम अभ्यासले विपदबारे समयमै पूर्वसूचना प्रवाह गर्न सक्यौ भने धेरै मानिसको ज्यान बचाउन सकिने रहेछौ भन्ने पनि अनुभूति भएको कार्यक्रममा सहभागीहरूले बताएका छन  ।

बिपत व्यवस्थापन समिति, विषयगत क्षेत्र लगायतका बेग्लाबेग्लै समूह बनाएर कृत्रिम घटना अभ्यास गरिएको थियो । यस क्रममा विपद्का बेला केन्द्रीयदेखि स्थानीय तहसम्मले गरेका अभ्यासहरुमा कहाँ कहाँ कमजोरी रह्यो र यसको कसरी समाधान गर्ने भन्ने बारेमा सहभागीहरुले सुझाव दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार