बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा खाध्य संस्थानको चामलको मुल्य बृद्धि, सौलियत पशल बन्द

बाजुरामा खाध्य संस्थानको चामलको मुल्य बृद्धि, सौलियत पशल बन्द

  • सोमवार, मंसिर ६, २०७८
बाजुरामा खाध्य संस्थानको चामलको मुल्य बृद्धि, सौलियत पशल बन्द

बाजुरा —  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि गर्दै आएको चामल बिक्री बितरण गर्न बन्द गरिएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सार्बजनिक सुचना जारी गर्दै सौलियत दरमा बिक्री बितरण गरिदै आएको चामलको निधारीत कोटा सकिएपछि सौलियत दरमा बिक्री बितरण नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ५ रुपैया दर छुट गरेर असोज २२ गतेबाट बिक्रि शुरु गरेको थियो । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय बाजुराले अरुवा मोटो चामल प्रतिकेजी ४५ बाट ५ रुपैया छुट गरेर ४० मा मार्तडी बिक्रि शुरु गरेकोमा थप ४५ रुपैया प्रति केजीमा बिक्री हुने जनाएको छ ।

चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ५ रुपैया प्रतिकेजीमा छुट दिएको बाजुरा शाखा प्रमुख ओझाले वताए । कार्तिक २४ गते सम्मका लागि छुट गरेको भए पनि मसिंर ५ गते सम्म बिक्री बितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।

May be an image of text that says 'ONGG मिति: २०७६/०६/०६ विषय: सहुलियत मुल्य पसल कार्यक्रम बन्द गरिएको बारे प्रस्तुत विषयमा यस कार्यालयबाट प्रति क्वी. ሂ०० छुट दिइ चामल बिक्री वितरण गरिदै आएकोमा प्रधान कार्यालयको च.न. १५ሂ मिति २०७5/०5/०५ गतेको पत्रानुसार यस कार्यालयलाई स्वीकृत गरिएको निर्धारित कोटा समाप्त भएकोले आजको मितिदेखि साविककै बिक्री मूल्यमा अरुवा मोटा चामल प्रति के.जि. रु. मा बिक्री वितरण हुने व्यहोरा आम उपभोक्ता एवं सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ရ खाद व्युवस्था तथां वयापार कम्पनी लिमिटेड दकशाखा.. कार्यालय, बाजुरा द्यापार वाजुसा शाखा कार्योलय'

चर्चामा

सम्बन्धित समाचार