शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते भएका खडकलाई भारतबाट आर्थिक सहयोग

रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते भएका खडकलाई भारतबाट आर्थिक सहयोग

  • सोमवार, मंसिर ६, २०७८
रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते भएका खडकलाई भारतबाट आर्थिक सहयोग

बाजुरा — रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते बुढीनन्दा नगरपालिका १ पिपलडालिका ६५ बर्षिय खडक लुवारको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । खडक ल्वारको उपचारका लागि भारतको बिभिन्न सहरमा बस्ने बाजुराका भुवन शार्की, टेकराज गिरी लगायतको पहलमा ८ हजार ८ सय २८ रुपैया सहयोग गरेको भुवन शार्कीले बताएका छन ।
खडक पैसा नहुदा उपचार अभाबमा अलपत्र रहेको समचार बडिमालिका खबरमा र अन्य समञ्चारमाध्यममा प्रकाशित पछि उनलाई भारतमा काम गर्ने बाजुराबासीले सहयोग गरेका छन । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको भएपनि पैसा नहुदा आफन्तले घर लगेका थिए । बुढीनन्दा नगरपालिका १ पिपलडाली गाउँमा रुखबाट लडेर लुवार गम्भीर घाइते भएका थिए ।
घाईते ल्वारको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौमा उपचारमा सहयोग गरिरहेको छ । संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले भने समचार प्रकाशित पछि उनलाइ काठमाडौ ल्याएर उपचारमा सहयोग गरिरहेका छौ, खान बस्नको व्यबस्थापन गरिरहेको वताए । तर अप्रेसन गर्नु परेमा भने पैसाको व्यबस्थापनमा समस्या हुने वताए ।
खडक ल्वार (क) वर्गको मुक्त हलिया समेत हुन् । खडक माथिल्लो जातिको हलो जोेतेर परिवार पाल्ने गरेका थिए । वाख्रालाई स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । रुखबाट लडेर घाइते लुवारको कम्मर भाँचिनुका साथै दायाँ खुट्टा तथा शरीरको अन्य भागमा समेत गहिरो चोट लागेको थियो । लुवारको घरमा बिहान बेलुका छाक टार्न समस्या रहेको छ । ८ जना परिवार रहेको लुवारको परिवारलाई उपचार गर्न समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार