शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एस बाजुराका प्रचार बिभाग प्रमुख बिक बैज्ञानिक समाजवादी पार्टीमा

नेकपा एस बाजुराका प्रचार बिभाग प्रमुख बिक बैज्ञानिक समाजवादी पार्टीमा

  • आइतवार, मंसिर ५, २०७८
नेकपा एस बाजुराका प्रचार बिभाग प्रमुख बिक बैज्ञानिक समाजवादी पार्टीमा

बाजुरा–नेकपा एकृकित समाजवादी बाजुराका प्रचार बिभाग प्रमुख तथा सचिवालय सदस्य प्रेम बिक बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालमा लागेको वताएका छन् । बडिमालिका खबर सँगको कुराकानीमा आफुले नेकपा एकृकित समाजवादी छोडेर अर्को पाटिमा लागेको जानकारी गरेका छन् ।
पत्रकार महासंघ बाजुराको निर्वतमान सचिब रहेका बिक नेकपा एमाले पार्टी फुटेपछि नेकपा एकृकित समाजवादी तिर लागेका थिए । नेकपा एकृकित समाजवादी बाजुरा कमिटिमा बिक सचिबालय सदस्य तथा प्रचार बिभाग प्रमुखमा रहेका थिए । बाजुराका कमिटि गठन भएको छोटो समयमै बिक नयाँ पाटिमा लागेका हुन् ।
बिकले बडिमालिका खबर सँग भने कसैलाई आरोप लगाउदिन्, मेरो बिचारले आफु नयाँ पार्टीमा लागेको वताए । केही दिनमा नेकपा एकृकित समाजवादी छोड्नुको कारण बारे प्रेश बिज्ञप्ति मार्फत जानकारी गर्ने वताएका छन् । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको बाजुराका कमिटि बिस्तार गर्ने तयारी समेत रहेको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार