शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका पत्रकारहरुले बुझाए नेपाल टेलिकम र प्रशासनमा एडिएसएल राउटर र ज्ञापन पत्र

बाजुराका पत्रकारहरुले बुझाए नेपाल टेलिकम र प्रशासनमा एडिएसएल राउटर र ज्ञापन पत्र

  • बुधबार, मंसिर १, २०७८
बाजुराका पत्रकारहरुले बुझाए नेपाल टेलिकम र प्रशासनमा एडिएसएल राउटर र ज्ञापन पत्र

बाजुरा — जिल्लाका संचालित विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुले नेपाल टेलिकम बाजुराले सेवा प्रवाह गर्दै आएको इन्टरनेट सेवा र फोर जी सेवाले काम नगर्दा हैरानी खेप्न थालेपछि बुधबार ज्ञापन पत्र बुझाएका छन् ।
बुधाबार नेपाल टेलिकमा पुगेर जिल्लाका रेडियो र अनलाइन र राष्ट्रिय संचार माध्यमका प्रतिनिधीहरुले शाखामा प्रमुख पदमराज पडाल र प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीलाई ज्ञापन पत्र सहित एक/ एक  सेट एडि एस एल राउटर बुझाएका छन् ।
टेलिकमले संचार माध्यम र अन्य सेवाग्राहीलाई एडिएसएल सेवा विस्तार गर्दै सुविधा दिएको भएपनि इन्टर नेटको गति तिव्र रुपमा नहुदा संचार माध्यमले नियमित समाचार सम्प्रेषण गर्न समस्या भोग्न थालेपछि टेलिकम प्रमुख पडाल र प्रजिअ अधिकारीलाई ज्ञापन पत्र बुझाएको रेडियाे पाैरखीका स्टेशन म्यानेजर राम बहादुर दानीले  बताएका छन् ।

No description available.
एक महिना देखि टेलिकमले मोवाईलको फोर जी र एडीएसएल सेवा प्रभावकारी,छिटो छरिता र गुणस्तर नभएकाले जिल्लाका संचार माध्यम र राष्ट्रिय स्तरमा समाचार पठाउन समेत नपाएकाले आज ज्ञापष्न पत्र बुझाएको राष्ट्रिय समाचार समिति बाजुराका प्रतिनिधी प्रेमबहादुर रौलेले बताए ।२०६७ सालमा विस्तार गरिएको एडि एस एल सेवाको उही पुरानो रप्तारले हालको प्रविधीमा सुधार नआउदा जिल्लामा कार्यरत संचार माध्यमले हैरानी खेप्दै आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा नेपाल टेलिकम मार्फत संचालित एडि एस एल र फोर जि सेवाको इन्टरनेट सेवा संचालन नहुँदा यस जिल्लाका संचारसंग जोडिएका सबै संस्थाहरुले काम गर्न पाएका छैनौ बिज्ञप्तीमा भनिएको छ । जिल्लामा भएका घटना र जनताका जनजिवीकाका सवाललाई उठान गर्नका लागि इन्टरनेट सेवा दुर्त गतिमा नहुँदा सेवा प्रवाहमा थप समस्या देखिएको पत्रकारहरुको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
जनतालाई समाचारका माध्यमबाट समाचार सम्प्रेषण गर्न नसक्दा जनतालाई सु-सुचित गर्न निकै कठिनाई भइरहेको जिल्लाका संचार माध्यममा काम गर्ने संचारकर्मीहरुले महसुश गर्दै आएको उल्लेख गरिएको छ ।

इन्टरनेट सेवा प्नभावकारी नहुँदा मिडियाकर्मीले टेलिकम प्रमुखलाई बुझाए ज्ञापन पत्र
नेपाल टेलिकमको कार्यालयमा पटक/पटक खवर गर्दा पनि सेवा पुणर् रुपमा पुरानै अवस्था र शैलीमा संचालन भएकोले यसको पुणर् रुपमा तत्काल सेवाको गुणस्तर वृद्धि गर्न यो ज्ञापन-पत्र मार्फत ध्यानाकर्षण गराउदछौं ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा नेपाल टेलिकमले ग्राहक विस्तार गर्दै सेवा प्रवाहमा कमजोर देखिएकाले हामी जिल्लामा संचालित विभिन्न मिडियाका तर्फबाट इन्टरनेटको राउटर बुझाउनुृका साथै सेवा प्रवाह प्रभावकारी,छिटो छरितो र गुणस्तर वृद्धि नभएमा जिल्ला स्थित पत्रकारहरुले थप चरणवद्ध आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने ज्ञापन पत्र मार्फत जाकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार