बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा २ नेपालीभाषी महिलाको हत्या

भारतमा २ नेपालीभाषी महिलाको हत्या

  • बुधबार, मंसिर १, २०७८
भारतमा २ नेपालीभाषी महिलाको हत्या

काठमाडौं — भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ। दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा कार्यरत मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङको हत्या भएको हो। सोमबार उनीहरुको शव फेला परेको हो। उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ।

प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ। जसमा महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको देखिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ। पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको छ। दिनेश खबरबाट ।

चर्चामा

सम्बन्धित समाचार