• होमपेज
  • बडिमालिका
  • बडिमालिका खबरद्धारा अलपत्र पेमा गुरुङको परिवालाइ सहयोग

बडिमालिका खबरद्धारा अलपत्र पेमा गुरुङको परिवालाइ सहयोग

  • सोमवार, कार्तिक २९, २०७८
बडिमालिका खबरद्धारा अलपत्र पेमा गुरुङको परिवालाइ सहयोग

बाजुरा–बडिमालिका नगरपालिका ८ बाउलीमा बस्दै आएका पेमा ग्याल्वो गुरुङको परिवारलाई सहयोग गरिएको छ । पेमा सहित उनको २ वटा छोरीलाई लुगाकपाडा, खाद्यन्न, नगद र स्टेशनरी सहयोग गरिएको छ ।
पेमा उपचार अभाबमा जिवनमरणको दोसाधमा र दुई छोरी अलपत्र परेको समचार बडिमालिका खबरमा प्रकाशित पछि उनको परिवारलाई सहयोग जुटेको हो । उनलाई यो भन्दा पहिला पनि सहयोग गरिएको हो । अहिले दोस्रो पटक सहयोग गरिएको स्थानिय बुद्धि बोगटिले वताएका छन् ।
समचार प्रकाशित पछि बेलायत बस्दै आएकि मधु गुरुङ्गले २७ हजार २ सय २१ सहयोग गरेकि थिईन् । उनि अलपत्र परेको समचार बाट जानकारी भएपछि सहयोग गरेको मधुले वताईन् । पेमाको परिवारलाइ चामल, नुन, तेल, दाल, ३ जनालाई लुगाकपडा, नगद र २ छोरीलाई स्टेशनरी सहयोग गरिएको थियो । समचार प्रकाशित पछि पेमाको परिवारलाई पहिलो र दोस्रो पटक गरेर ठुलो राहत भएको वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् ।
पेमा बिगत ८ महिनादेखी थला परेका छन । उनलाई पक्षघात संगै क्षयरोग कारण गुरुङ ८ महिनादेखी उपचार अभाबमा अलपत्र परेको छन् । पेमा ८ महिना देखी पाल मुनी जिवनरमरणको दोसाधमा रहेका छन् । सहयोग पाउँदा निकै खुशि भएको पेमाकि छोरी अन्जलीले वताएकि छन् ।
अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा जान भनेपनि उनलाई आर्थिक अबस्थाले नभ्याएपछि हाल घर नजिकैको पालमा बस्ने गरको उनकी छोरी अन्जलीले बताइन । उनलाई क्षयरोग संगै पक्षघात भए पछि हिडडुल गर्न र चर्पी जान समेत समस्या भएको छोरीले वताईन् ।
पक्षघात भइसकेपछि गुरुङलाई हिडडुल गर्न समस्या भएको र चर्पी जान समेत २ वटा छोरीले बोकेर लिने गरेको स्थानीय तनी थापाले बताईन । उनकी श्रीमती दावा साङगु गुरुङ १ बर्ष पहिले भिरबाट लडेर मृत्यु भएको स्थानिय थापाले बताइन । आमाको मृत्यु र बुवा बिरामी परेपछि उनकि २ वटा छोरी अहिले अलपत्र अबस्थामा रहेकी छन् ।
बुवा बिरामी भएपछि दुबै छोरीले स्कुल जान पाएका छैनन । उनकी जेठी छोरी अन्जली गुरुङ कक्षा १० मा मालिका माबिमा र कान्छी छोरीस कारु गुरुङ कक्षा ८ मा बालमन्दिर आधारभुत बिद्यालयमा अध्यानरत थिइन । उनका बुवा बिरामी भएर थला परेपछि उनिहरुले बिद्यालय जान नपाएको उनका छिमेकी हर्क गुरुङले बताए ।
बिद्यालय जान बुवालाइ शौचालय लिने समेत कोही छैन्, अर्को बुवा नै बिरामी भएपछि आर्थिक अभाबले समस्या रहेको पेमाकी छोरी कारुले वताएकि छन् । आमाको मृत्युको पिडा नबिर्सीदै उनका बुवा बिरामी भए पछि उनकी दुबै छोरी समेत अलपत्र अबस्थामा परेको छिमेकीहरुले बताए ।

चर्चामा

सम्बन्धित समाचार