मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • काे हुन बाजुराका सुप्रिम मल्ल ? जसले ‘द भ्वाइस अफ किड्स’ तताए (भिडियाे सहित)

काे हुन बाजुराका सुप्रिम मल्ल ? जसले ‘द भ्वाइस अफ किड्स’ तताए (भिडियाे सहित)

  • आइतवार, कार्तिक २८, २०७८
काे हुन बाजुराका सुप्रिम मल्ल  ?  जसले ‘द भ्वाइस अफ किड्स’ तताए (भिडियाे सहित)

बाजुरा — ६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को दोस्रो सेसनमा बाजुराका सुप्रिम मल्लले मंच तताएका छन । बाजुरा जिल्लाको दुग्रम गाउँ हिमाली गाउँपालिका वडा न वडा न ६ धिममा जन्मीएका मल्लले ‘द भ्वाइस अफ किड्स’मा निकै उत्कृष्ट कला प्रस्तुती गरेका थिए ।
हिमाली गाउँपालिका वडा न ६ को धिम गाउँमा बुवा कृष्ण बहादुर मल्ल र आमा उर्मिला शाही मल्लको कोख बाट जन्मेका मल्लको कला र उन प्रस्तुतीले चारै जना कोचहरुले बत्ती बालेका थिए ।
९ बर्षको उमेरमै यस्तो राम्रो कला र गला भएको भन्दै कोचहरु पनि भाबुक बनेका थिए । उनको कला र कोचको सम्रथनमा सुप्रिम मल्लका आमाले आखाबाटै आशु झारेका दृष्य समेत देखीएको छ । बुवा भने खुसी हुदै कोचहरु तिर एकाग्र भएर हेरिरहे ।
उनले ३ वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थाले। आमाबुवाले पनि उनको गीत गाउने कलाबारे खबर पाए । परिवारबाट संगीत सिकाउने प्रयत्न त भएन । तर उनको गायन कला परिपक्क बनाउन सघाउन थाले ।
गाउँमा सास्कृतिक कार्यक्रम आयोजना हुन्थे। ती कार्यक्रममा उनको गायन कला खुलेरै प्रस्फुटन हुन्थ्यो। उनी अर्थात बाजुराका ९ वर्षीय सुप्रिम मल्ल ठकुरी । सुप्रिमकी आमा उर्मिला भन्छिन्, ‘कोठामा बसेर ३ वर्षको उमेरदेखि नै गीत गाउथ्यो । हामीले पनि गाउँका कार्यक्रममा नछुटाइकन सहभागिता गराउन थाल्यौं।’
तिनै सुप्रिमले अहिले ‘द भ्वाइस अफ किड्स’मा इन्ट्री पाएका छन्। भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसनमा सुप्रिमले दिएको प्रस्तुतीको अहिले चर्चा हुन थालेको छ। शनिबार राति प्रशारण भएको ‘द भ्वाइस अफ किड्स’को दोस्रो इपिसोडमा सुप्रिमले ब्लाइन्ड अडिसन दिएका छन्।
कोच प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले उनको गायन कला मन पराए। चारै जनाको कुर्सी घुमेसंगै सुप्रिम आगामी यात्राका लागि प्रतिस्पर्धी बनेका छन्। उनी राजु लामाको टिमबाट ‘द भ्वाइस अफ किड्स’को यात्रा अगाडि बढाउने छन्।
हुन त सुप्रिमले स्वर दिएको गीत यसअघि पनि सार्वजनिक भइसकेको छ। गायक पशुपति शर्मा, शान्ती श्री परियारसंगै उनले स्वर दिएको ‘तालाबाजी लै’ गीत दुई महिना अगाडि सार्वजनिक भएको थियो। उक्त गीतमा १९ लाख ८० हजार भ्युज छ।
६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ शुक्रबारबाट प्रसारणमा आएको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुने शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार