शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • राज्यको वेवास्थामा बाजुराको दुर्गम गाउँ लाम्पाटा गाउँ

राज्यको वेवास्थामा बाजुराको दुर्गम गाउँ लाम्पाटा गाउँ

  • सोमवार, कार्तिक २२, २०७८
राज्यको वेवास्थामा बाजुराको दुर्गम गाउँ लाम्पाटा गाउँ

बाजुरा–बाजुराको सर्वाधिक टाढा रहेको गाँउ लाम्पाटा गाँउ राज्यको वेवास्तामा रहेको छ । हिमाली गाँउपालिका ३ मा रहेको यो गाँउमा बाजुराको उत्तरी क्षेत्रको अन्तिम गाँउ हो । यो गाँउ हुम्ला जिल्ला सँग जोडिएको छ । यो गाँउमा १३ जना परिवार रहेका छन् ।
सदरमुकाम मार्तडी बाट ५० कोष टाढा अर्थात पैदल ५ दिन पर्ने यो लाम्पाटा गाँउमा अहिले सम्म सरकारी सेवाको अनुभुति समेत पाएका छैनन् । स्थानिय इन्द्र गुरुङले भनिन्, स्वास्थ्य शिक्षा लगायतका आधारभुत सेवा बाट बञ्चित भएको वताए । गाँउमा ५ बर्ष मुनिका १५ जना वालवालिका रहेका अहिले सम्म कसैले पनि खोप नपाएको उनले वताए ।
लाम्पाटा गाँउमा सबै जनजाति बसोवास गर्ने गरेका छन् । गाँउमा वालविकास केन्द्र सम्म छैन् । स्वास्थ्य चौकी हिमाली गाँउपालिका १ बिच्छँयामा रहेको छ । त्यहाँ पुग्न २ दिन भन्दा बढि समय लाग्ने गरेको स्थानियले बताएका छन् । स्थानिय लक्ष्मि गुरुङ्ग गर्भवती भएको ६ महिना भइसक्यो उनले कुनै खोप र गर्भजाँच नगरेको वताएकि छन् । गाँउका अन्य कुनै महिलाहरु सुत्केरी हुँदा खोप र अन्य सेवा नपाउने गरेको उनले वताएकि छन् ।
लाम्पाटा गाँउका बासिन्दाका लालपुर्जा बाजुरा जिल्लाकै रहेको छ । तर उता हुम्लाका बासिन्दाले सो क्षेत्र आफनो रहेको दाबि गरिरहेका छन् । जग्गाका लालपुर्जा यता छन्, जंगलको भोकचलन हुम्लाका बासिन्दा गर्ने गरेको हिमाली गाँउपालिका नेकपाका नेता छप्किलाल बुढाले वताए । अर्को त्यो क्षेत्रमा सुरक्षाको अभाब समेत रहेको छ । प्रहरी प्रशासनको पहुँच भन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारी पनि बढदै गएको छ ।
लाम्पाटा गाँउ जानलाई गुम्वा गाँउ भएर जानुपर्छ । आवतजावत गर्ने पुल र बाटो नबनाउदा आवतजावतमा समस्या हुने गरेको छ । लाम्पाटा गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचना बाट प्राय बिमुख हुने गरेको हिमाली गाँउपालिकाले वताएको छ ।
लाम्पाटा गुम्वा जाने बाटो समेत न सरकारले काटेको छ न पुल बनाईदिएको छ । सरकार बाट त केही अपेक्षा गर्न सकेका छैनौ, सरकार भएको अनुभुति पनि नभएको स्थानियले वताएका छन् । आफुहरुको जिल्लामा पहुँच नभएको र आफुहरुका कुरा कसैले पनि सुनि नदिएको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार