बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • भाइटीकाको दक्षिणा अनाथ आश्रमलाई दिए

भाइटीकाको दक्षिणा अनाथ आश्रमलाई दिए

  • सोमवार, कार्तिक २२, २०७८
भाइटीकाको दक्षिणा अनाथ आश्रमलाई दिए

बाजुरा — बाजुराका बुढिगंगा नगर पालिका ९ की ५ दिदिबहिनिले भाइटिकाकाे दिन पाएकाे दक्षिणाकाे बाल अनाथ आश्रमलाई सहयोग गरेकी छन् । समाजका आफ्ना लागि भन्दा अरुका लागि सोच्ने र सहयोग गर्नेहरु निकै कम छन्  तरपनि सहयोगको मात्रा कम बढी जति भएपनि मन हुनेहरुले सहयोगलाई सेवा ठान्ने गरेका छन् ।

त्यस्तै व्यवहार बाजुराकाे बुढिगंगा नगरपालिका वडा न ९ की पाँच दिदी बहिनीले पनि देखाएकी छन् । उनीहरुले आफूहरुले प्राप्त गरेको भाइटिकाको दक्षिणा बाल अनाथ आश्रमलाई सहयोग गरेका छन् । तिहारको भाइटिकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने, माइतिको सम्झना साँट्ने चलन हुन्छ तर ती पाँच दिदी बहिनीले आफूले पाएको दक्षिणा कन्सन बाजुराले सञ्चालन गरेको बाल आश्रमलाई सहयोग गरिदिएका छन् । बाल आश्रमममा १३ जना अनाथ बालबालिका बस्ने गरेका छन् ।

No description available.

कुसुम थापा सविता थापा, पुजा थापा, लक्ष्मी थापा, निर्मिता थापा सहीतले आफूले भाइटीकामा प्राप्त गरेकाे दक्षिणा बाल आश्रमलाई सहयोग गरेका छन् । बाल आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहीनीको प्राप्त दक्षिणा कन्सन बाजुराका अध्यक्ष बहादुर थापालाई हस्तान्त्रण गरेका छन् ।आफू र आफ्नो लागि बढी चिन्तित हुने समाजका लागि पाँच दिदी बहिनीको सानो प्रयासले पनि थप सिकाइ सकारात्मक सन्देश दिएको छ । यस्तै मनकारी र सहयोगीहरुले नै बाल आश्रम सञ्चालन गर्नमा सहज र साहस मिलेको कन्सनका अध्यक्ष बहादुर थापाले बताएका छन् । सहयोग हस्तात्रण कार्यक्रममा रामबहादुर बाँनीया, दिलबहादुर कुँवर पदम भण्डारी सहीत पनि सहभागि थिए ।

चर्चामा

सम्बन्धित समाचार