• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सदरमुकाममा रहेका मानशिक सन्तुलन गुमाएका दुई जनाको उद्धार हुँदै

बाजुरा सदरमुकाममा रहेका मानशिक सन्तुलन गुमाएका दुई जनाको उद्धार हुँदै

  • बुधबार, कार्तिक १७, २०७८
बाजुरा सदरमुकाममा रहेका मानशिक सन्तुलन गुमाएका दुई जनाको उद्धार हुँदै

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीबाट मानसिक सन्तुलन गुमाएका २ जनाको उद्धार हुने भएको छ । बाजुराका खप्तड छेडेदह गाँउपालिका वडा ननं. ६ की मिना नेपाली र एक जना भारतिय नागरिकको उद्धार हुने भएको हो । लामाे समय देखी सदरमुकाम मार्तडीकाे पेटीहरूमा देखीने एक महिला र एक पुरूषकाे उद्धार गरी धनगडी स्थित मानव सेवा आश्रममा लगिने सहयाक बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।
बिभिन्न संचारमाध्याममा समाचार प्रकाशन पछि बडिमालिका नगरपालिका र जिल्ला प्रशासनको समन्वयमा मानव सेवा आश्रम धनगडीले लिने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
बुधबार बिहान बडिमालिका नगर पालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको बैठकले उनिहरु दुबै जनाको उद्धारका लागि गाडीको ब्यबस्थापन बडिमालिका नगरपालिकाले गर्ने निणर्य गरीएको छ ।

उनको अर्थिक श्रोत  उपचारका लागि भारतिय नागरिकको ठेगाना पहिचान गरी सम्बन्धीत ठाउँमा पुर्याउने र खप्तड छेडेदह गाउँपालिका निबासी नेपालीको स्वास्थ्य उपचारका लागि सम्बन्धीत गाउँपालिकामा जानकारी गराउने निणर्य भएको नगर प्रमुख बडुवालले बताए ।

नगर प्रमुख पदम बडुवाल, सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, प्रहरी निरीक्षक बलेन्द्र नाथ, नेकपा एमाले बडिमालिका नगर कमिटि सचिव राजेश पायल, मानव सेवा आश्रमका प्रतिनिधी जनक जोशी, मानव अधिकार रक्षक संजाल बाजुराकी अध्यक्ष कल्पना महत र जिल्ला स्थित पत्रकारहरुको बैठकमा सहभागी रहेको थियो । मानसिक सन्तुलन गुमाएकाहरुको उद्धारका लागि  पत्रकार राम बहादुर दानी र लाेकतन्त्र बिहानी अनलाइनले संयोजन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार