मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • अमेरीकाबाट गुरुङले बाजुराका असाय तथा बिपन्नका लागि आर्थिक सहयोग

अमेरीकाबाट गुरुङले बाजुराका असाय तथा बिपन्नका लागि आर्थिक सहयोग

  • मङ्लबार, कार्तिक १६, २०७८
अमेरीकाबाट गुरुङले बाजुराका असाय तथा बिपन्नका लागि आर्थिक सहयोग

बाजुरा — बाजुरा बुढिनन्दा निबासी हाल अमेरीका बस्दै आएकी सोनी गुरुङले बाजुराका ३ जना असाय तथा गरिव तथा बिपन्न परिवारका लागि आर्थिक सहयोग गरेकी छन ।

गु्रुङले बुढिनन्दा नगरपालिका वडा न ८ पाण्डुसैन बस्ने बिरामी पञ्चा कठायतलाइ ५ हजार ५ रुपैया, भिर बाट लडेर आएको गाइले च्यापिएर घाइते थेवा रोकायालाइ ५ हजार ५ बडिमालिका ८ बाहुलिमा उपचार अभावमा अलपत्र पेमा गुरूङलाइ ५ हजार ५ रुपैया सहयोग गरेकी छन ।
गुरुङले कर्म थलो बनाएको अमेरीकाबाट हर बखत दु्खमा परेका बाजुराका नागरिकहरुका लागि सहयोग गर्दै आएकी छन । यस पटकको दशैमा हुने खर्चलाई घटाएर बाजुराका ३ जनाको दशै राम्रो होस वा उपचारमा सहयोग पुगोस भन्ने उदेस्यका साथ  सहयोग गरेको गु्रुङले बताइन ।

चर्चामा

सम्बन्धित समाचार