शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • जसले सम्मान गरे उनकै लाखौ रुपैयाँ कुम्ल्याएर ठेकेदार फरार

जसले सम्मान गरे उनकै लाखौ रुपैयाँ कुम्ल्याएर ठेकेदार फरार

  • सोमवार, कार्तिक १५, २०७८
जसले सम्मान गरे उनकै लाखौ रुपैयाँ कुम्ल्याएर ठेकेदार फरार
प्रमुख अतिथि उपप्रमुख कबिता बिष्टद्धारा किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीका ठेकेदार भुवन राई र उनकि श्रीमति लक्ष्मी राइलाइलाइ भव्य स्वागत गर्दै । फाइल तस्बिर

बाजुरा–२०७६ साल कात्तिक १९ गते बाजुराको सदरमुकाम मार्तडीमा स्थानियले एक ठेकेदारलाइ सम्मान गरेका थिए । राम्रो काम गरेको भन्दै प्रमुख अतिथि उपप्रमुख कबिता बिष्टलाइ बनाएर मार्तडीका स्थानियले किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीका ठेकेदार भुवन राई र उनकि श्रीमतिलाइ भव्य स्वागत गरेका थिए ।
तर ति ठेकेदारले सडक निर्माणका बेला काम गरेको ज्यामी, सामान लिएको व्यापारिको लाखौ रुपैयाँ अहिले सम्म नतिरेर फरार भएका छन् । त्यो सँगै उनले स्थानिय बाट ब्याज तिर्ने गरि निकालेको लाखौ पैसा समेत नतिरेर ठेकेदार भुवन राई र उनकि श्रीमति लक्ष्मी राई सम्पर्क बिहिन रहेका छन् । उनले कामदार ब्यापारिहरूकाे  नगद ऋण सहित ५० लाख बढी रुपैयाँ खाएर फरार रहेका छन् ।
बडिमालिका नगरपालिका ७ का मदन राज जैशीले भने आफु बाट पनि रकम मागेको थियो, तर अहिले सम्म नतिरेको वताएका छन् । राई सम्पर्कमा समेत नरहेको उनले वताएका छन् । बाजुरामा मात्र उनले ५० लाख भन्दा बढी तिर्न बाँकि गरेर फरार रहेको जैशीले वताए ।
ठेकेदार सम्पर्क बिहिन बनेपछि किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीको काठमाडौ कार्यलयमा पैसाका लागि धाइरहेका छन् । तर लिने व्यक्तिको कुनै अत्तोपत्तो समेत नभएको पाईएको छ ।
२ बर्ष पहिला स्थानियले बाजुरा जिल्लाको सदरमुकाम भित्र रहेको सडक निर्माण काम राम्रो भएको भन्दै स्थानियले ठेकेदारलाइ सम्मान गरेको थियो । सडकको काम राम्रो गरेको भन्दै किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीका ठेकेदार भुवन राईलाई स्थानीयले भब्य रुपमा सम्मान गरेका हुन । जिल्लामै पहिलो पटक ठेकेदारले जनताको अगाडी राम्रो छिटो काम गरेको भन्दै स्थानीयले फुलमाला र खादा ओडाएर सम्मान गरेका थिए ।
ठेक्का सम्झौता अनुसार २०७६ पौस मसान्तसम्म रहेको तर कात्तिक मसान्तमै काम सम्पन्न गरेकोले ठेकेदारलाई सम्मान गरेको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले सम्मान कार्यक्रममा बताएकि थिईन् । तर अहिले भने ति स्थानिय आफ्नो रकम अशुल गर्नका लाई हारगुहार गरिरहेका छन्, तर भुवन राईको कुनै अत्तोपत्तो नभएको वताइरहेका छन् ।
हाम्रै घरछेउ हुदै गएको सडकमा गुणस्तरयुक्त पक्की सडक बनाउने एक अशल ठेकेदार हामीले भेटायौ, त्यसैले हामिले सम्मान गरेको टोल बिकास समितीका अध्यक्ष रामचन्द्र यादवले बताएका थिए ।
यसरी ठेकेदारलाई सम्मान गरेको यो बाजुरा जिल्लामा पहिलो पटक थियो । जिल्ला भित्र र जिल्ला बाहिरका धेरै ठेकेदार पुल बाटो सडक सरकारी भवन निर्माण गरेपनी जनताको साधारण आँखामा ठेकेदार किरातेश्वर कन्ट्रक्सन एक उदाहरण बनेको बडिमालिका नगरपालिका वडा न ८ का वडाअध्यक्ष प्रकाश रावलले बताएका थिए । अहिले ति ठेकेदारले त्यो काम गरेको पैसा नदिएर लाखौ रुपैयाँ खाएर फरार रहेका छन् ।
किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीले सदरमुकाम मार्तडीको रिङरोड अन्तरगत जिल्ला बन कार्यालय देखी जिल्ला अस्पताल सम्म जोड्ने सडकको ठेक्का लिएर काम गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार