बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रवास
  • अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु

अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु

  • शनिबार, कार्तिक १३, २०७८
अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु

दोहा — वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

यस्तै इलाम सन्दुकपुरका प्रदीप फागुको गत शनिवार हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । मृतक फागु त्यहाँको मंगाफस्थित ब्लक-३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए । मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।

पछिल्लो समय अधिकांश नेपाली महिला कामदार श्रम स्वीकृति बिनै गैर कानुनी बाटो हुँदै तेस्रो मुलुक कुवेत प्रवेश गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार