बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कोल्टीमा एक साता देखि सयौ यात्रु अलपत्र, हवाइ टिकटमा मनोमानी

कोल्टीमा एक साता देखि सयौ यात्रु अलपत्र, हवाइ टिकटमा मनोमानी

टिकटका लागि हारगुहार गर्दै यात्रु

  • बुधबार, कार्तिक १०, २०७८
कोल्टीमा एक साता देखि सयौ यात्रु अलपत्र, हवाइ टिकटमा मनोमानी

धन बहादुर बाेहाेरा
काेल्टि–बाजुराको कोल्टि विमानस्थलमा जहाजमा पर्खाइमा सयौ यात्रु एक साता देखि अलपत्र परेका छन् । कर्णालि राजमार्ग र मार्तडी कोल्टि सडक बेमौसमि बर्षाले अबरोध भएपछि कोल्टिमा ६ सय भन्दा बढि यात्रु एक साता देखि टिकटको पर्खाइमा रहेको स्थानियले वताएका छन् ।
समिट र तारा एयरलाइन्सले दैनिक एउटा एउटा उठान भएपनि यात्रुकोे चाप निकै बढेको छ । भिड व्यबस्थापन गर्न बिमानस्थललाई निकै समस्या परेको छ । एक साता यता हवाई सेवा नियमित समेत पनि हुन सकेको छैन् । टिकट नपाउदा बिरामी असाहय अशक्त समेत अलपत्र परेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने कोल्टिमा यात्रुहरुको ब्यबस्थापन गर्न निकै ग्राहो भएको सयौ यात्रुहरु टिकटको पर्खाइमा रहेको वताए ।
एकातिर यात्रुको चाप र जहाजको टिकटमा समेत मनोमानी हुने गरेको पाईएको छ । कोल्टि बाट नेपालगञ्ज ५ हजार ५ सय भाडादर कायम भएपनि निजि एयरलाइन्सले मनोमानी भाडा लिइरहेको स्थानियले वताएका छन् । नत अनुगमन छ न केही नै, जसले बढी पैसा तिर्न सक्यो उहि जहाज चढन पाउने गरेको एक स्थानियले वताए । एक यात्रु बाट ८ हजार भन्दा बढी उठाने गरेको पाईएको छ ।
दसैं मनाउन घर आएकाहरु फर्किन थालेका छन् । बर्षाले सडक अबरोध भएपछि यात्रु हवाई सेवाबाट यात्रा गर्नु पर्ने भएकोले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हिमाली गाउँपालिकाकी सम्झना अधिकारीले वताईन् । बाजुरा, हुम्ला, मुगुबाट आएका यात्रुले टिकट नपाउँदा हप्ता दिन देखि अलपत्र परिरहेका छन् । टिकट पाउनेहरुले कसरी टिकट पाएका छन्, अरु यात्रुले कुनै कुराको थाहा नपाएको हुम्लाका स्थानिय खुम बहादुर रावतले वताए ।
असोज २८ गते विरामी लिएर आएका व्यक्ति समेत नेपालगञ्ज वा धनगढी जान सकिरहेका छैनन् । टिकटका लागि ल्याएको पैसा समेत सकिएकाले खान बस्नै समस्या भएको बुढिनन्दा नगरपालिकाका डबल नेपालीले वताए । कोल्टि बिमान स्थलका प्रमुख श्री कृष्ण रिमालका अनुसार समिट र ताराले दैनिक एउटा एउटा उडान गरिरहेका छन् । सिता एयरलाइन्सले कार्तिक १ गते बाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गते देखि अहिले सम्म ३ वटा उडान मात्र गरेको बताए ।
बिगत भन्दा एयरलाइन्सले उडान घटाउनुले ठुलो समस्या भएको बिमानस्थलले वताए । बिहानै प्रभु हामीलाई टिकट चाहियो भनेर एरपोटको गेटमा आउने गरेका छन्, हामी पनि के गरौ उडान नै कम रहेको रिमालले वताए । दसैं यता यात्रुको चाप बढेपनि नियमित जहाज उड्न नसकेको बडीमालिका कार्गोका सञ्चालक टेकेन्द्र कठायतले वताए । बेमौसमी वर्षाका कारण कोल्टी मार्तडी र पिलुचौर जिते सडक खण्ड समेत अवरुद्ध हँुदा बाजुरामा हवाई सेवा बाहेक आवत जावतको अन्य कुनै विकल्प नभएको स्थानियले वताए । यता नेपाल वायुसेवा निगमका नायव महानिर्देशक गणेश चन्दले बिभिन्न सञ्चारमाध्यमा सुदूरपश्चिममा यात्रु नपाएको बताउदै आएका छन् । कोल्टिमा सयौ यात्रु अलपत्र रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार