बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका खवरद्धारा बिपन्न परिवारलाई राहत बितरण

बडिमालिका खवरद्धारा बिपन्न परिवारलाई राहत बितरण

  • बुधबार, कार्तिक १०, २०७८
बडिमालिका खवरद्धारा बिपन्न परिवारलाई राहत बितरण

बाजुरा — बडिमालिका खवरको संकटमा परेकालाई सहयोग गर्ने अभियान अन्तरगत जिल्लाको पुर्बित्तर क्षेत्रका बिपन्न परिवारलाई राहत साम्रगी बितरण गरिएको छ ।
बाजुराको बुढिनन्दा नगरपालिका वडा नं एक पिपलडालीमा रहेको ३ विपन्न परिवार र साेही नगरपालिका वडा न ८ का १ परिवारलाई राहत वितरण गरिएको हो ।
फिल्म निर्देशक अमित ढुगांनाको सहयोग बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी बितरण गरीएको हाे  । जसमा केही महिना अगाडी मृत्यु भएका खले लवारको नाबालक छोराछोरीहरु सहितको परिवारलाई तिहारका बेला खान पुगोस भन्ने उदेस्यका साथ सहयोग गरेको छ । सो साम्रगी कोल्टी स्थित पत्रकार सर्मिला रोकायाको समन्वयमा बितरण गरेको बडिमालिका खवरका प्रकाशक प्रकाश सिंहले बताएका छन । राहत सम्रगीमा दाल चामल नुन तेल लगायतको साम्रगी जिल्लाका बिभिन्न स्थानीय तहका अति बिपन्न टुहुरा र एकल महिलाको परिवारलाई बितरण गरेको पत्रकार सर्मिला रोकायाले बताएकी छन ।
त्यसै गरी स्वामिकार्तिक खापर गाउँपालिका वडा नं चार छापुका नाबालक सागर विक हाल बुदिनन्दा नगरपालिका वडा नं एक पिपलडाली फुपु नानीभाऊ विक सँगै बस्दै आएका उनको बुवाको मृत्यु भएको र आमाले अर्को बिहे गरेकोले अलपत्र अबस्थमा रहेकोले उनलाइ पनि खाद्यन्न सहयोग गरेको पत्रकार रोकायाले बताएकी छन ।
त्यसै गरि हिमाली गाउँपालिका वडा नं ६ धिमकी एकल महिला बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली बस्दै पार्वती भण्डारीलाई राहत साम्रगी बितरण गरेको उनले बताइन । उनको एउटा छोरा, एउटा छोरी सहित हिमाली गाउँपालिका बाट कोल्टी नजिकै आएर अरुको घरमा बस्दै आएका छन ।
त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ८ की पन्चा कठायतको परिवारलाई समेत ५ हजार ५ सय रुपैया नगद उपचारका लागि सहयोगार्थ दिएको पत्रकार रोकायाले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार