बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

  • मङ्लबार, कार्तिक ९, २०७८
पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ।
नेपाल एयरलान्सका नायव महाप्रवन्धक गणेश चन्दले यात्रुको संख्या न्यून रहेकाले नियमित उडान नहुने स्पष्ट पारेका छन्। ‘यो उडान बिहिबारसम्मका लागि मात्र हो। पहाडी जिल्लाबाट आउने यात्रु छन् तर धनगढीबाट जाने यात्रु छैनन्। धनगढीबाट दुई जना मात्रै यात्रु रहेको रिपोर्ट आएको छ। यात्रु नै नभए जाहाज कसरी चलाउनु।’

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाका सडकहरु अवरुद्ध भएकाले डोटी, बझाङ र अछाममा हवाई सेवा लिने यात्रुहरुको संख्या धेरै रहेको भन्दै उद्धार गर्न नेपाल वायुसेवा निगमले जहाज पठाएको थियो। नेपालगञ्जका कर्मचारीले सुदूरपश्चिममा सेवा दिइरहेका छन्।

सोमबार उनीहरुले धनगढी विमानस्थलबाट सेवा दिन सुरु गरेका चन्दले बताए। तर टिकटको व्यवस्थापनको काम अझै भएको छैन। चन्दका अनुसार नेपाल वायुसेवा निगमले टिकट काट्नका लागि कर्मचारी पठाएको छ तर स्थान तोकोको छैन। ‘टिकटका लागि कर्मचारी पठाएका छाै। बझाङमा गएको साथी उतै रोकिएको छ। उसले होटलबाट टिकट काट्छ होला,’ चन्दले भने। उनका अनुसार दीपायलका लागि अझै कुनै कर्मचारीको व्यवस्थापन भएको छैन। नियमित उडानका लागि प्रक्रिया समेत लामो हुने एयरलाइनसले बताएको छ।
नेपाल एयरलाइन्समा धनगढीदेखि डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढी आउन २ हजार ५ सय १५ भाडादर कायम गरिएको थियो। यस्तै धनगढीदेखि बझाङको ३ हजार ९ सय ९५ र बझाङदेखि धनगढी आउँदा ३ हजार ८ सय ९५ भाडादर कायम भएको छ। दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार