शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिनले समस्यामा परेका २ परिवारलाइ चाैवन्न लाख सहयाेग  

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिनले समस्यामा परेका २ परिवारलाइ चाैवन्न लाख सहयाेग  

  • आइतवार, कार्तिक ७, २०७८
मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिनले समस्यामा परेका २ परिवारलाइ चाैवन्न लाख सहयाेग  

देशमा बिकासकाे कुरा दिन चाैगुनारात चाैपट भईरहेकाे कारण राेजगारिकाे सिलसिलामा एक पेट र एकआँङकाे समस्याहरुले अर्काकाे देशमा भाैतारिन बाद्य हुनु नेपाली नागरिकहरुकाे लागि याे एक प्रकारकाे कर्मकाे फल हाे । जब नागरिकहरुले सिमाना पार गर्दछन सरकार र राज्यसँग नागरिकहरुकाे लेखापरीक्षण गरि त्यसकाे कुनै रेकर्डिङ गरिएको छैन , न त सरकारले त्यस प्रकारकाे मापदण्ड अनुसारको नीति नै बनाएको छ यस्ता हरेक प्रकारका जनबिराेधि निति सरकारकाे भएको हुनाले संसारकाे कुनै पनि देशमा बस्ने नागरिक संगठित हुनुकाे विकल्प छैन , यता भने सरकारकाे राजदुतावास दिल्लीमा बेखवर छ सडकमा नागरिकहरुकाे बिचल्ली छ राजदुतावासले विज्ञप्ति निकाल्छ हाम्रो नेपाली नागरिकहरुकाे केही समस्या छैन कति झुट बाेलेकाे छ राजदुतावास ???
यी सम्पुर्ण नागरिकहरुकाे कुनै पनि भइ परिरहेका समस्याकाे एकमात्र अविभावक भारत वर्षमा तिनै दु:खमा डुबेका श्रमजीवीहरुकाे वास्तविक अविभावक भनेकाे नै मुल प्रबाह अखिल भारत नेपाली एकता समाज हाे भन्ने कुरामा कसैकाे दुईमत छैन जुन कुरा देशको सरकार र राजदुतावासले निभाउने भुमिका मुल प्रबाह अभानेएसले जनहितकाे लागि डटेर प्रबाह गर्दै आएको छ । शहर कुना कन्दराहरुमा हुने घटना दुर्घटना र जटिल जटिल जनताको समस्याहरुलाई सम्बोधन गर्दै आईरहेकाे कुरा घाम छै छर्लङ्ग छ। तिनै दु:खि नागरिकहरुकाे लागि रहेको घाँउहरुमा एक प्रकारकाे उपचार र मलमपटटि लगाउने काम भइरहेको छन ।

यसै सिलसिलामा राेजगारिकाे क्रममा २०१६ साल नभम्वर १७ गते प्युठान राेल्पाका ४ जना नेपाली युवाहरुकाे पुलमा ठक्कर खाँन पुग्दा कुदिरहेकाे सवारी गाडी समुन्द्रमा खस्न पुग्दा यी ४ नेपाली युवाहरुकाे मृत्यु हुन गएको थियो । घटना पछि मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिका साथिहरुकाे राेहवरमा खाेजविन गरि उनिहरुकाे अन्तिम दाहसंस्कार सम्पन्न गरिएको थियो । तथापि मुद्दालाई न्यायलयकाे ढाेकामा पुराएर न्यायकाे लडाइँ निरन्तर अगाडि बढेकाे थियो हाल त्यो लडाइँ मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिले बिजयकाे सिखरमा पुर्‍याउएकाे छ । न्यायकाे पक्षमा घनिभुत लडिरहेका न्याय विभागका सयाेजक तथा नगर उपाध्यक्ष बावुराम केसी इतिहासमा धन्यावादकाे पात्र बन्नु भएको छ कालान्तरमा हाम्रो सङठनले याे लडाइँ निरन्तर अगाडि बढाइ रहने छ । यसै सिलसिलामा ४ जना मृत्यु भएका पिडित परिवारहरु मद्दय दुई परिवारलाई कार्तिक ५ , २०८७ तदनुरुप २२ अक्टाेवर २०२१ का दिन मुल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति रक्तिम विभाग सदस्य तथा नगर सचिव जनक बि सि , दक्षिण भारत महिला विभाग कि क्षेत्रिय सदस्य जानकिदेकि बि सि र नगर उपाध्यक्ष बावुराम केसी काे सयुक्त उपस्तिथिमा सुनिल स्मृती गाउँ पालिका घाेडागाँउ (राेल्पा ) मृतकका बुवा चाेप बहादुर खत्री आमा गङगा कुमारी खत्री र श्रीमती मधु खत्री (बिस्ट) लाई  सत्ताईश लाख चाैवालिस हजार दुई सय र स्वर्गद्वारि नगरपालिका खाँल निवासी चाँदनि घर्ती मगरलाई छब्बीस लाख पन्चानब्वे हजार तीन सय बार जम्मा  चाैवन्न लाख उन्तालिस हजार पाँच सय बार रुपैयाँ भारु हस्तान्तरण गर्ने काम सु सम्पन्न भएको छ । स्मरण रहाेस देशबाट आएका यी दुवै परिवारका ६ जनालाई मुल प्रबाहकाे उदेश्य र निति बारे गहन छलफल गरि नगर उपाध्यक्ष बावुराम केसीले सदस्यता बितरण गर्नु भएको थियाे ।

 जनक बिसि दक्षिण भारत काेचिनबाट

चर्चामा

सम्बन्धित समाचार