बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • भिरबाट लडेको गाईले किचेर घाईते महिलाको आर्थिक अभाबले उपचारमा समस्या

भिरबाट लडेको गाईले किचेर घाईते महिलाको आर्थिक अभाबले उपचारमा समस्या

  • शुक्रबार, कार्तिक ५, २०७८
भिरबाट लडेको गाईले किचेर घाईते महिलाको आर्थिक अभाबले उपचारमा समस्या

बाजुरा–भिरबाट लडेर आएको गाईले किचेर घाईते भएकी बडिमालिका नगरपालिका ३ की ६५ बर्षिया थेवा रोकायाको उपचारमा समस्या भएको छ । थेवाको परिवारमा आर्थिक अबस्था कमजोर भएकोले उपचारमा समस्या भएको नेकपा एमालेका नेता अम्मर खड्काले वताएका छन् ।
रोकायाको राष्ट्रिय ट्रमा सेन्टर काठडमौमा उपचार भइरहेको भएपनि आर्थिक अभाबमा अप्रेसनमा समस्या भएको छोरा टेक बहादुर रोकायाले वताए । थेवाको छातिका करङ्ग भाचिएको त्यसको अप्रेसन गर्न ३ लाख जति खर्च लाग्ने अस्पतालले जनाएको छ ।
घाईते रोकायाको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौमा उपचारमा सहयोग गरिरहेको छ । संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले भने २ हप्ता देखी उपचारमा सहयोग गरिरहेका छौ, खान बस्नको व्यबस्थापन र अहिले सम्म उपचारमा सबै संस्थाले गरेको छ, तर अप्रेसन गर्ने पैसाको व्यबस्थापनमा भने समस्या भएको वताए । अप्रेसन गर्न धेरै पैसा चाहिने भएकाले उपचारमा समस्या आएको बस्नेतले वताए ।
जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकि सेति प्रादेशिक अस्पताल रिफर गरिएको थियो । सेति प्रादेशिक अस्पताले पनि राष्ट्रिय ट्रमा सेन्टर काठडमौ रिफर गरेको थियो । अस्पतालले अहिले थेवालाई ६ हप्ताको समय दिएर अप्रेसन गर्नुपर्ने पैसा जम्मा गर्न बताएको छ । थेवाका छोरा टेकले भने काठमाडौ खान बस्न त पैसा नभएर संस्थाले सहयोग गरिरहेको छ, अप्रेसन गर्ने पैसा भने नभएर आमा अप्रेसन गर्न नसक्ने वताएका छन् । आमाको अप्रेसनमा सहयोग गर्न हारगुहार गरिरहेका छन्, सहयोगिलाई सहयोग गर्न आग्रह गरेका छन् ।
घाइते थेवालाई असोज २४ गते आइतबार दिउसो गाइ चराउन गएकी साझँ पख घर ल्याउने क्रममा भिरबाट गाइ लडेर आयो र तल रहेकी थेवाको शरिरमा लछारीदा उनि घाईते भएकी उनका आफन्त अमर खड्काले बताएका छन ।
आर्थिक अवस्था निकै कमजोर भएकोले थेवाको धनगढी सम्म एम्बुलेन्सको भाडा तिर्ने पैसा पनि नभएकोले मार्तडि देखी नेपाल प्रहरीले आफ्नो गाडीमा बल्दे सम्म पुर्याइदिएको थियो । धनगढी सम्म बडिमालिका नगरपालिकाले एम्बुलेन्सको भाडा तिर्ने गरि बुढिगंगा नगरपालिकाको एम्बुलेन्सले धनगढी पुयाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार