शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जुड्डीखोलाले जगन्नाथ गाउँपालिकाको कार्यलय बगायो

जुड्डीखोलाले जगन्नाथ गाउँपालिकाको कार्यलय बगायो

  • बुधबार, कार्तिक ३, २०७८
जुड्डीखोलाले जगन्नाथ गाउँपालिकाको कार्यलय बगायो

बाजुरा–लगातार बर्षासँगै जुड्डीखोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ । निरन्तर बर्षाले खोलामा बाढी बढ्नुका साथै कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् ।
कार्तिक २ गते दिउसो अविरल बर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बिचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतबिक्षेत बनाएको रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । त्यस्तै पाँच शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभा हल पनि बगाएको छ ।
कार्यालयमा फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार पोल र महान खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कणर्ाली र जुड्डीखोलाको उच्च जोखिममा बनेको छ । गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम सम्पुणर् प्रभाबित भएको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशी वताएका छन् । प्रहरिका अनुसार क्षतिकाे बिवरण अाउन बाँकि रहेकाे वताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार