शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अस्थाई कोभिड अस्पताल टाँटेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अस्थाई कोभिड अस्पताल टाँटेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • सोमवार, कार्तिक १, २०७८
अस्थाई कोभिड अस्पताल टाँटेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बाजुरा — बुढिगंगा नगरपालिकाको अस्थायी कोभिड अस्पताल टाँटे लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल एमाले बाजुराका नेता तथा जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापाको पहलमा स्वास्थ्य साम्रगी हस्तान्तरण गरीएको हो । नेता थापाले आफ्नो ब्यक्तिगत तर्फबाट टाँटे स्वास्थ्य चौकिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताएका छन ।

नेता थापाले आफू त्यहि नगरपालिकाको स्थानीय भएकोले कोभिट १९ को संक्रमणको अबस्थामा थोरै भए पनि सहयोग होस भन्ने उदेस्यका साथ सहयोग गरेको थापाले बताएका छन । ् थापाले यो भन्दा पहिले पनि जिल्लाको विभिन्न ठाउँमा स्वास्थ्य सामग्री सहयोगका लागि पहले गरेको बताए ।

कोभिड १९ अहिले सम्म पनि न्युनिकरण नभएको कारण नगरपालिकाको तर्फबाट टाटे कोभिट अस्पताललाई आफुले ब्यक्तिगत रुपमा स्वास्थ्य सामग्री अक्सिजन कन्सनटेटर पिपिइ सेट, माक्स, कन्सनटेटर सेट चस्मा लगायतका साम्रगीहरु हस्तान्तरण गरेको नेता थापाले बताएका छन । ब्यक्तिगतरुपमा तीन लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनले बताएका छन ।

उक्त स्वास्थ्य सामग्री बुढिगङ्गा नगरपालिकाका नगर उप प्रमुख तारा खातिको हातबाट हस्तान्तरण गरिएको जनाएको छ । स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै थापालाई नगरपालिका र कोभिड अस्पताल टाँटेले धन्यवाद समेत दिएका थिए ।

आफू हिजोको दिनमा पनि नगर बासिको सेवामा खटिएको र भोलिको दिनमा पनि आफुले सक्ने सेवाको लागि पछि न हट्ने नेता थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार