मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका काँग्रेस कार्यक्रताद्धारा तोडफोड भएको एम्बुलेन्स न बन्यो, न कार्बाही भयाे

बाजुराका काँग्रेस कार्यक्रताद्धारा तोडफोड भएको एम्बुलेन्स न बन्यो, न कार्बाही भयाे

  • सोमवार, कार्तिक १, २०७८
बाजुराका काँग्रेस कार्यक्रताद्धारा तोडफोड भएको एम्बुलेन्स न बन्यो, न कार्बाही भयाे

बाजुरा — नेपाली काँग्रेस बाजुराका कार्यक्रताहरुले तोडफोड गरेको नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स बन्न सकेको छैन । नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) मा निर्बाचनको मतगणना भएको असोज १५ गते काग्रेस कार्यक्रताहरुले सो एम्बुलेन्स तोडफोड गरेका थिए ।
एम्बुलेन्स तोडफोड गरेको आरोपमा २ जना काग्रेस कार्यक्रतालाई प्रहरीले नियन्त्रणमा लिएर एम्बुलेन्स बनाउने सहमतीमा छोडेको थियो । तर महिना दिन पुग्नलाग्दा न एम्बुलेन्स बनेको छ, न एम्बुलेन्स तोडफोड गर्ने माथी कार्बाही भएको देखीन्छ । नेपाल रेडक्रस सोसाईडी बाह्बीस उपशाखाको सो एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय बाजुरा र एचआरसी बाजुराले मर्मत गरी संचालनमा ल्याएको हो प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयले कागज बनाएर छोडेको भन्ने थियो, हाल सम्म पनि बनाउन नसकेको प्रजिअ अधिकारीले बताए । सबै जानकारी प्रहरीलाई रहेको अधिकारीले वताए । बडिमालिका नगरपालिकाको गेट भित्र राखेको एम्बुलेन्सको अगाडीको सिसा फुटाएको थियो । एम्बुलेन्स बनाईदिने सहमती पश्चात नियन्त्रणमा लिएका दुबै जना काग्रेस कार्यक्रताहरुलाई एम्बुलेन्स बनाउने सहमती कागज बनाएर छोडेका थियौ तर हाल सम्म पनि सम्र्पकमा नआएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताए ।
एम्बुलेन्स सहित बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड समेत फुटाएर तोडफोड गरेकोले दुबै जनालाई केही दिनमै बोलाएर बनाउन लगाउने प्रहरी प्रमुख महराले बताएका छन । असोज १५ गते रातीको समयमा मदिरा सेवन गरी काग्रेसका कार्यक्रताहरुले एम्बुलेन्स र नगरपालिकाको डिजिटल बोर्ड फुटाएका थिए ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा बारबिसको एम्बुलेन्स भारतीय दुताबासको सहयोगमा संचालन गरिएको थियो । सो एम्बुलेन्स कोभिड १९ को कारण बिरामी बोक्नुपर्छ भन्ने उदेस्यका साथ जिल्ला प्रशासन कार्यालय बाजुरा र एचआरसी बाजुराको सहयोगमा मर्मत गरेर संचालनमा ल्याएको नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रम बहादुर शाहीले बताए । यसरी सार्बजनिक सामानहरु तोडफोड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याने रेडक्रसले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार