मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • धनगढीमा प्रेमीसंग मिलेर श्रीमानको हत्या, चार जना पक्राउ

धनगढीमा प्रेमीसंग मिलेर श्रीमानको हत्या, चार जना पक्राउ

  • आइतवार, अशोज ३१, २०७८
धनगढीमा प्रेमीसंग मिलेर श्रीमानको हत्या, चार जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा मृतक फेला परेका युवकको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले शुक्रबार साँझ घरबाट निस्किएका रमेश शनिबार बिहान घर नजिकको खुटिया खोलाको छेउमा रहेको चौरमा भेटिएका थिए।

प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो। सोही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसंगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ।
विष्णु पनि विवाहित हुन्। प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएको छैन। प्रहरीले घटनाको विवरण आजै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार