शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे मार्तडी काेल्टी सडककाे ४१ किलाेमिटरमा २ हजार भाडा, यात्रुहरू ठगिदै

बाजुराकाे मार्तडी काेल्टी सडककाे ४१ किलाेमिटरमा २ हजार भाडा, यात्रुहरू ठगिदै

  • शनिबार, अशोज ३०, २०७८
बाजुराकाे मार्तडी काेल्टी सडककाे ४१ किलाेमिटरमा २ हजार भाडा, यात्रुहरू ठगिदै

बाजुरा — बाजुराकाे सदरमुकाम देखी काेल्टी सम्मकाे ४१ किलाेमिटर सडकमा यातायात ब्यबासायीले आफू खुशी भाडादर निर्धारण गरी यात्रुहरू  ठगिने गरेका छन । जिल्ला प्रशासनकाे अनुगमन नहुदा  दशैकाे समयमा बाजुरा पुगेकाे यात्रुहरू काडमाण्डाै देखी बाजुराकाे भाडा दर र मार्तडी देखी काेल्टी सम्मकाे भाडादरमा कुनै फरक नभएकाे बताएका छन ।

काठमाणडाै बाट बाजुरा ४८ घण्टाकाे यात्रामा २ हजार ७ सय र मार्तडी देखी काेल्टीकाे ४१ किलाेमिटर सडकमा २ हजार भाडा तिरएकाे एक यात्रुले काेल्टीबाट बडिमालिका खवरलाइ बताए ।  यातायात ब्यबासायीले आफू खुशी भाडादर निर्धारण गर्न थालेको भए पनी प्रशासनकाे माैनताले गर्दा यात्रुहरू ठगिन पुगेका छन ।

वर्षायाममा बाटो खराब भएको कारण देखाउदै जीप व्यवसायीयहरुले मनोमानी रुपमा भाडा असुल्ने गरेको एक यात्रुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण  गरेको भाडादर भन्दा दोब्बर भाडा लिने गरेका छन् ।

उनीहरुले यात्रुलाई ठग्दै भाडा असुल्ने गरेकाे यात्रुहरूले बताएका छन । प्रशासनले मार्तडी–कोल्टीसम्मको भाडादर ८ सय  निर्धारण गरेको भएपनि मार्तडी देखि  दानसागुसम्मको भाडा १ हजार ५ सय देखी २ हजार सम्म लिने गरेकाे पाइएकाे छ ।  जिल्ला प्रशासनले यस अघि पनि पटक पटक भाडा निर्धारण गरेकाे भए पनि जीप ब्यबासायीहरूले भने प्रशासनकाे निर्णय नमान्ने गरेकाे छन ।

चर्चामा

सम्बन्धित समाचार