शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण

कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण

  • मङ्लबार, अशोज २६, २०७८
कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण

दोहा — गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले यहाँ कार्यरत २० हजार नेपालीलाई स्वास्थ्य सामाग्री स्यानिटाइजर वितरण गरेको छ ।

कोरोना महामारी रोकथामका लागि कतार सरकारले चालेको साबधानि र रोकथाम कार्यक्रम अन्तर्गत कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा नेपाली समुदायको लागि प्राप्त भएको स्यानिटाइजर कतारमा स्थापित नेपाली संघ संस्थाहरुमार्फत २० हजार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

नेपाली कामदारहरु बसोबास गर्ने स्थानहरुमै पुगी विभिन्न चरणमा उक्त स्यानिटाइजर वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

एनआरएनए कतारले यसघि पनि कोरोना महामारीको समयमा रोजगारी गुमाएर खानाको समस्या भोगिरहेका करिव ९ हजार भन्दाबढी नेपाली कामदारहरुलाई खाद्य सामग्री वितरण गरेको थियो ।

यस्तै एनआरएनएले कोरोना भाइरस कोभिड-१९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका पहिलो चरणमा ५५ जना तथा दोस्रो चरणमा ४ जना नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाईसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार