बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेसको शुभकामना कार्यक्रममा किन बोलेन्न निबर्तमान सभापती पण्डित ?

काँग्रेसको शुभकामना कार्यक्रममा किन बोलेन्न निबर्तमान सभापती पण्डित ?

  • आइतवार, अशोज २४, २०७८
काँग्रेसको शुभकामना कार्यक्रममा किन बोलेन्न निबर्तमान सभापती पण्डित ?

बाजुरा–काँग्रेस बाजुराको आयोजनामा संचालन गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा निर्बतमान सभापती कबिराज पण्डित नबोलेर कार्यक्रम बाट निस्किएका छन् । कार्यक्रम सञ्चालन भएको ढिलो समय उपस्थित भएका पण्डित शुभकामना मन्तव्य नराखेर बिचमै कार्यक्रम बाट निस्किएका थिए ।
काँग्रेस सचिब तिलक पुरीका अनुसार उनलाइ बोल्न आग्रह गरेपनि उहाँले आफु नबोल्ने भनेको वताए । पटक पटक उहाँलाइ नजिकै गएर बोल्न आग्रह गरेपनि पण्डितले बोल्न मानेनन् । बिशष्टि अतिथि जनकराज गिरी बोलिरहँदा पण्डित कार्यक्रम स्थल बाट बाहिरीएका थिए ।
बडिमालिका खबरले उहाँलाई किन तपाई शुभकामनमा मन्तव्य नराख्नु भएको भन्दा पिण्डतले रुखाघोकी लागेको वताए । तर त्यहाँ कार्यक्रम स्थलको अबस्था हेर्दा पण्डितले शुभकामनमा मन्तव्य राख्न नमान्नुले पनि ठुलो अर्थ रहने एक काँग्रेस नेताले वताएका छन् । अर्को उहाँको मनौताले पनि बाजुरा काँग्रेसका गतिबिधिमा असर पर्ने नै देखिन्छ ।
पण्डित नबोल्नुको कारणहरु धेरै भए पनि तत्काल भएको अधिबेशनको असरले बोलेको नहुन सक्ने भएकाले पण्डित नबोलेको हुनसक्छन् । धेरैले कार्यक्रममा सहभागि भइसकेपछि पण्डितले बोलेर जानुपर्ने वताएका थिए । उहाँले बोल्दैन भनिरहँदा पाटि सभापति रामसिंह रावल, प्रमुख अतिथि बद्रि पाण्डे, बिशिष्ट अतिथि जनकराज गिरीले उहाँलाई बोल्नका लागि कुनै आग्रह वा कुरा भने केही नगरेको थियो ।
बाजुरा काँग्रेसलाइ मिलाउने जिम्मा रामसिंह रावलको भागमा परेको छ । उहाँको कार्यशैली समन्वयले पनि काँग्रेलाइ कसरी अगाडि बढाउने भन्ने निर्धारण गर्ने रहेको छ । उक्त शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, जनक राज गिरी, मान बहादुर रावल, महिला संह केन्द्रीय सदस्य जुना दानी, चक्र बहादुर शाह, नरेन्द्र रोकाय लगायतका नेताहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा निबर्तमान सभापती नबोल्नुको कारणबारे धेरैले आचार्य चकित भएका थिए ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेकपा समाजवादी बाजुराका अध्यक्ष गगन रावल, नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख अमर खड्का, पुर्व भुमी सुधार मन्त्री जनकराज गिरी, नेपाली काँङ्ग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले शुभकामना मन्तव्य राखेका थिए । पण्डितलाई शुभकामना मन्तब्यका लागि बोलाउदा पण्डित नबोलेरै कार्यक्रम नसक्नु पहिले नै स्थलबाट बाहिरीएका थिए ।

चर्चामा

सम्बन्धित समाचार