शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिको मतगणना सकियो, पौडेल सिटौला १५ र देउवा पक्ष १०

बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिको मतगणना सकियो, पौडेल सिटौला १५ र देउवा पक्ष १०

  • शुक्रबार, अशोज २२, २०७८
बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिको मतगणना सकियो, पौडेल सिटौला १५ र देउवा पक्ष १०

बाजुरा–नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् ।
जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए ।

महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुहबाट निर्वाचित भएकि छन् ।

१.जुनाकुमारी दानी – ७६७ (पौडेल सिटौला समुह)
२. कविता कुमारी बुढा (बिष्ट) – ६१३ (देउवा समुह)
३. राधिकादेवी सिंह – ५३७ (देउवा समुह)
४. रिता देबी सिंह – ५२७ (देउवा समुह)

महाधिबेशन प्रतिनिधि प्रत्यक्ष १० जना खुला समुह बाट निर्वाचित भएका छन् ।

१. अनोज राज गिरी – ५९२ (पौडेल सिटौला समुह)
२. कमल बहादुर बुढा-५९१ (पौडेल सिटौला समुह)
३. गोबिन्द्र बहादुर मल्ल-६६४ (पौडेल सिटौला समुह)
४. जनकराज गिरी -८८३ (पौडेल सिटौला समुह)
५. देबराज जोशी-६९५ (देउवा समुह)
६. धनराज पण्डित-६३० (देउवा समुह)
७. पदम कुमार गिरी -५४५ (देउवा समुह)
८. पदम बहादुर शाहि -६१७ (देउवा समुह)
९. मान बहादुर रावल-६०० (पौडेल सिटौला समुह)
१०. महा नेपाली-५४४ (देउवा समुह)

महाधिबेशन प्रतिनिधि खस आर्य महिला ३ जना महिला मध्ये एकजना देउवा समुहकि विजयी भएकि छन् ।

१. बिद्या देबी तिमिल्सेना-५२३ (देउवा समुह)
२. रिता शाहि-६०२ (पौडेल सिटौला)
३. शुभ्रदा भण्डारी पाण्डे-५८२ (पौडेल सिटौला)

 त्यस्तै महाधिबेशन प्रतिनिधि खस आर्य पुरुष ४ जना विजयी भएका छन् ।

१. कर्ण बहादुर थापा – ५३३ (पौडेल सिटौला)
२. गुरुदेब केसी – ५२८ (देउवा समुह)
३. योगेन्द्र रावल -४५३ (पौडेल सिटौला)
४. हर्क बहादुर खडायत-४३५ (पौडेल सिटौला)

महाधिबेसन आदिबासि जनजाति समुह १ जना

१. सुनिता गुरुङ्ग-३७८(पौडेल सिटौला)

दलित महिला समुह १ जना

१. राधिका देबी सुनार – ५७७ (पौडेल सिटौला )

दलित खुला समुह १ जना

१. पदम बहादुर नेपाली -४९७(पौडेल सिटौला)

मधेसी थारु मुस्लिम अल्पसंख्यक तथा अपांग बाट १ जना

१. रमेश बिक -२४४(पौडेल सिटौला)

सभापति सहित ८० प्रतिशत कार्यसमितिमा पौडेल सिटौला पक्ष विजयी भएको छ । लामो समय सम्म देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत भत्किएको छ ।
सहसचिब सुरेन्द्र सिंह बाहेक सबै पौडेल सिटौला पक्ष विजयी भएका छन् । सिंह भने देउवा पक्ष बाट टिकट पाएर चुनावी मैदनामा उत्रिएका थिए । सभापति रामसिंह रावल, उप सभापतीमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनि जनक गिरी नजिकका रुपमा चिनिदै आएका छन् ।
सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् । सह सचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् । जिल्ला कार्य समिति सदस्यमा पनि पौडेल सिटौला पक्षको स्पष्ट बहुमत देखिएको छ । खस आर्य खुला सदस्यमा निर्वाचित ६ जना सबै पौडेल सिटौला पक्ष बाट चुनावी मैदानमा आएका थिए । पालिका र अन्य समावेशी बाट बिजयी जिल्ला कमिटिमा पौडेल सिटौला समुहकाले धेरै विजयी भएका छन् ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार