शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा १७ वर्षीया किशोरी बेपत्ता

कैलालीमा १७ वर्षीया किशोरी बेपत्ता

  • बुधबार, अशोज २०, २०७८
कैलालीमा १७ वर्षीया किशोरी बेपत्ता

धनगढी — कैलालीमा एक १७ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका १ की टीना नेपाली २० दिनदेखि बेपत्ता भएकी हुन्।

असोज १ गते स्कुल जान्छु भन्दै घरबाट गएकी टीना २० दिन भइसक्दा पनि परिवारको सम्पर्कमा नआएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी लम्कीचुहा नगरपालिकाकै श्री शहीद स्मृति माविमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिईन्। तर, त्यो दिन उनी विद्यालय नपुगेको विद्यालयको भनाई छ।

यता इलाका प्रहरी कार्यालय लम्कीले भने खोजबिन तथा अनुसन्धान भइरहेको बताउँदै शंकास्पद १ जनालाई पक्राउ गरिको जनाएको छ। पक्राउ परेका ब्यक्ती बेपत्ता भएकी किशारीको एकदिन अघिसम्म सम्पर्कमा रहेको बुझिएको छ। उनको खोजबिनका लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार