बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पोखरामा मृत्यु भएकी बाजुराकी निरूताका श्रीमानले लेखे ‘मलाई पनि सँगै जलाइदिनु’

पोखरामा मृत्यु भएकी बाजुराकी निरूताका श्रीमानले लेखे ‘मलाई पनि सँगै जलाइदिनु’

  • शुक्रबार, अशोज १५, २०७८
पोखरामा मृत्यु भएकी बाजुराकी निरूताका श्रीमानले लेखे ‘मलाई पनि सँगै जलाइदिनु’

बाजुरा —  मंगलबार पोखरामा बाजुराकी किशोरी मृत फेला परेकी थिइन्। बाजुराको जगन्नाथ–१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्रमृतावस्थामा फेला परेकी हुन्। स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

निरुताले कर्णाली प्रदेशको कालिकोटका गणेश विष्टसँग २०७७ भदौमा प्रेम विवाह गरेकी थिइन्। उनीहरुको प्रेम कैलालीमा बसेको थियो। २७ वर्षीय गणेश दाईको घरमा बसेर ज्यामी काम गर्थे। त्यहिबेला निरुता कैलालीमा पढ्न आएकी थिइन्। उनी कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुख्खड बजारस्थित आफ्नो काकाको घरमा बस्थिन। भर्खर माध्यमिक शिक्षा परीक्षा दिने तयारीमा रहेका बेला निरुताको भेट गणेशसँग भएको थियो। २०७७ भदौबाट उनीहरूसँगै बस्न थाले। गणेश ज्यामी काम गर्थे भने निरुता पढ्न जान्थिन्।

विज्ञापन

कक्षा ११ को परीक्षा सकेपछि २०७७ भदौमा दुवैले भागेर विवाह गरे । गणेशले कालीकोटकै घरमा निरुतालाई लगे । गत वैशाखमा निरुता माइत फर्किइन् । उनको शरीरभरि नीलडाम थियो । निरुताका परिवारलाई त्यो सम्बन्ध मन परेको थिएन। निरुताका बुवा नन्दबहादुरका अनुसार फर्किएर गणेशसँग नजाने भनेर छोरीले भनेकी थिइन्।

अचानक दुवै फेरि फेरि नजिकिए। फोनमा दुवैबीच कुराकानी हुन थाल्यो। ५ महिनापछि गणेशले निरुतालाई पोखरा गएर बस्ने प्रस्ताव राखे। त्यसपछि भदौ २ गते निरुता र गणेश पोखरा गए। उनीहरु आफ्नो पहिचान लुकाएर पोखरा महानगरपालिका १ अधिकारी टोलमा कोठा लिएर बस्थे। तर असोज १२ गते मंगलबार निरुता कोठामै मृत फेला परिन्।

प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट(नोट) भेटिएको थियो। आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेको नोटमा उल्लेख भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए। श्रीमतीको खुशीका लागि आपूmले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हाम फालेर आत्महत्या गर्ने उल्लेख गरेको डीएसपील हमालले बताए।

‘त्यो दिन ठेकदारसँग पैसा माग्न गएको थिएँ। कोठा फर्कंदा निरुतालाई झुण्डिएको भेटेँ र आफूले कपडाको पासोबाट छुटाएर राखिदिएँ,’ गणेशले लेखेका छन्, ‘मैले उसका लागि घर परिवार त्यागेर पोखरा आएँ। टेस्ट गर्दा बच्चा नबस्ने देखिएपछि उनी दुःखी थिइन्। अब ऊ नै नबाँचेपछि म पनि बाँच्न सक्दिनँ। मेरो लास गण्डकीमा फेला पार्नुभयो भने उसको लाससँगै जलाइदिनुहोला’ गणेश भने हालसम्म भेटिएका छैनन्। उनले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ।

तर प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या गरिएको हो वा आत्महत्या भन्ने खुल्ने बताएको छ। निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै निरुताको परिवारले उनको आत्महत्या नभई हत्या भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएको छ। निरुताका बुबा नन्दबहादुरले गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन्। दिनेश खवरबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार