शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँ सभापतिमा कार्की सर्वसम्मत चयन

हिमाली गाउँ सभापतिमा कार्की सर्वसम्मत चयन

  • सोमवार, अशोज ११, २०७८
हिमाली गाउँ सभापतिमा कार्की सर्वसम्मत चयन

बाजुरा — नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेनको लागि सोमबारसम्म ७ पालिकाले नेतृत्व पाएको छ । शनिबारबाट सुरु भएको पालिका अधिवेशनमाबाट आइतबार ७ पालिकाले नेतृत्व चयन गरेको छ । सोमबार पुर्वी उत्तरी भेगको हिमाली गाँपालिकाको गाउँ कार्य सभापतिमा अम्मलाल कार्कीलाई सर्वसम्मत चयन गरिएको छ ।
कार्कीको नेतृत्वमा ४२ सदस्यीय पालिका कार्य समिति पदाधिकारीलाई सर्वसम्मत भयन गरिएको मतदान अधिकृत अनिरुद्र पाण्डेले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पार्टीका नेताहरुको अथक प्रयासपछि सहमतीमा पालिकाको नेतृत्व चयन गरिएको बताए । दुई दिन सम्म पालिकामा पार्टी उपसभापति गोविन्द्र बहादुर मल्ल लगायतका नेताहरुको प्रयासपछि आज सभापति सहितका पदाधिकारी चयन गरिएको मतदान अधिकृत पाण्डेकाे भनाइ रहेको छ ।
आइतबार जगन्नाथ गाउँपालिकामा सुन्दुर विष्ट,बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय,गौमुल गाउँपालिकामा राजबहादुर धामी,खप्तड छेडेदह गाउँपालिकामा हर्कबहादुर रावत निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति बाजुराले जनाएको छ ।
त्रिवेणी नगरपालिकामा भने मतदान प्रक्रियाबाट सुरेन्द्रराज गिरीले ८२ मत ल्याएर पदाधिकारी सहित विजयी भएका छन् । उनले प्रतिद्धन्दी गम्भीर बुढालाई ११ मतले पछार्दै सभापतिमा निर्वाचित भएका हुन् । बडिमालिका नगरपालिकाकाे मतदान प्रकृयामा गएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार