शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • वडा अध्यक्ष लगायत सदस्यले नपत्याए पछि साँफेबगरका मेयर कुँवर अल्पमतमा

वडा अध्यक्ष लगायत सदस्यले नपत्याए पछि साँफेबगरका मेयर कुँवर अल्पमतमा

  • बिहिबार, भदौ २४, २०७८
वडा अध्यक्ष लगायत सदस्यले नपत्याए पछि साँफेबगरका मेयर  कुँवर अल्पमतमा

अछाम — निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याए पछि साँफेबगरका मेयर कुल बहादुर कुँवर अल्पमतमा परेका छन्। नगरपालिकाका जितेका आठ ओटा वडा र चार जना बाहेक कुनै पनि सदस्यले मेयरलाई साथ नदिए पछि मेयर कुँवर अल्पमतमा परेका हुन्।
साँफेबगर नगरकायपालिकामा जम्मा २४ जना सदस्य रहेका छन्। जस मध्ये १४ जना नेकपा एमाले, ५ जना नेपाली कांग्रेस ५ जना नेकपा समाजवादीका रहेका छन्।
नगर कार्यपालिकामा नेकपा एमालेबाट निर्वाचित ४२ जना जनप्रतिनीधि मध्ये ६ जना समाजवादी र बाँकी सबै नेकपा एमालेमै रहेका छन्।
नाम नखुलाउने शर्तमा एक वडा अध्यक्षले भने मेयर कुँवरले विगत ४ बर्ष झैँ एकात्मक निर्णय गरे पछि सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले मानि हाल्छन् भन्ने सोच्नु भयो, तर हामी पार्टीले बनाएका जनप्रतिनीधि हौँ, मेयरले बनाएका हाईनौँ।
उहाँले थप्नु भयो– आज सम्म मेयरले गरेका हरेक निर्णयमा हामीले समर्थन जनायौँ तर पार्टी नै परिवर्तन गर्ने कुरामा स्वविवेक प्रयोग गरेका छौँ। साँफेबगरका केहि जनप्रतिनीधिहरुले नेकपा एमाले टुक्रिए पछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी पार्टीलाई रोजे पनि नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण वडा अध्यक्षहरुले भने नेकपा एमाले पार्टीलाई नै रोजेका छन्।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले पनि माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी पार्टीलाई रोज्नु भएको छ। तर नेकपा एमालेबाट उम्मेदवार भई नगर प्रमुख बन्नु भएका कुँवरलाई एमालेबाटै उम्मेदवार भई निर्वाचित भएका वडा अध्यक्षहरुले भने साथ दिएका छैनन्।
साँफेबगर नगरपालिकामा एमालेबाट आठ जना वडा अध्यक्षहरु निर्वाचित भएका थिए। वडा अध्यक्षहरुले नगर प्रमुख कुँवरले रोजेको नेकपा समाजवादी पार्टी रोज्नुको साटो आफू र आफू निर्वाचित वडाका वडा सदस्यहरु नेकपा एमालेमै रहेको भन्दै भदौँ १८ गते विज्ञप्ती समेत जारी गरेका छन्।
उक्त विज्ञप्तीमा भनिएको छ,–नेपालको कम्यूनिष्ट आन्दोलनको मुल प्रवाह हाम्रो गौरवमय पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लाई टुटफुट र विभाजना गराई नेपालको कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नाङ्गो रुपमा लागि परेको कुरा सर्वविदितै छ, यस्तो अवस्थामा पार्टी मुलुकको रक्षाको निम्ती सच्चा देश भक्त कम्यूनिष्टहरु एक ठाउँमा उभिनु अहिलेको अपरिहार्य आवश्यकता हो। यहि कुरालाई मध्ये नजर गर्दै २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सूर्य चिन्हबाट निर्वाचित वडा अध्यरुक्षहरु टुटफुटमा नलागी हाम्रो मुल पार्टी नेकपा (एमाले) मै रहेको जानकारीका साथै अन्य जनसमुदायहरुमा पनि कुनै भ्रममा नपरी नेकपा (एमाले) मै रहन आग्रह गदछौँ।
विज्ञप्तीमा साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालगिरी कुँवर, ५ का अध्यक्ष उजिर सिंह साउँद, ६ का अध्यक्ष प्रेमराज शर्मा, ८ का अध्यक्ष टंक बहादुर कुँवर, ९ का अध्यक्ष धु्रब बहादुर थापा, १० अध्यक्ष लाल बहादुर खड्का, १३ का अध्यक्ष सागर सिंह बाब्ली र १४ का अध्यक्ष कर्ण बहादुर साउँद रहेका छन्।
साँफेबगर नगरपालिकाका नगर प्रमुख कुँवरलाई नेकपा एमालेबाट निर्वाचित कुनै पनि वडा अध्यक्षले साथ नदिए पनि उपप्रमुख बिर्मला देवी बुड्थापाले भने साथ दिनु भएको छ। उपप्रमुख बुड्थापासंगै नगर कार्यपालिका सदस्य जयन्ती बोगटी र जित बहादुर निशानीले पनि साथ दिनु भएको छ।
साँफेबगरका साथै जिल्लाका २१५ जना निर्वाचित जनप्रतिनीधिहरु मध्येबाट २७ जना जनप्रतिनीभिले नेकपा समावादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिनु भएको छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार