शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • भालुको आक्रमणबाट घाईते कौशिला अध्यायनरत बिद्यालयका शिक्षकद्धारा आर्थिक सहयोग

भालुको आक्रमणबाट घाईते कौशिला अध्यायनरत बिद्यालयका शिक्षकद्धारा आर्थिक सहयोग

  • मङ्लबार, भदौ २२, २०७८
भालुको आक्रमणबाट घाईते कौशिला अध्यायनरत बिद्यालयका शिक्षकद्धारा आर्थिक सहयोग

बाजुरा — भालुको आक्रमणबाट घाईते बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी निवासी २१ वर्षिय कौशिला नेपालीलाई उनि अध्यायनरत बिद्यालय श्री त्रिशक्ति माध्यामिक बिद्यालयका शिक्षकहरुले आर्थिक संकलन गरि सहयोग गरिएको छ ।
भालुको आक्रमणबाट घाईते भएकी कौशिलाको काठमाण्डौकोमा उपचार भईरहेको र अर्थिक अभाबले उपचारमा समस्या भएको भएको छ । उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले बिद्यालयका २५ जना शिक्षक तथा कर्मचारीहले ३५ हजार ५ सय संकलन गरेर सहयोग गरिएको प्रधानाध्यापक डम्मर उपाध्यायले बताए ।
नेपालीको उपचारमा ५ लाख बढी लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । समासेवी प्रकाश सिंह र सम्राटसिंह बस्नेतको पहलमा शिक्षण अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ ।
भदौ १७ गते दिउसो बस्तु भाउ चराउन गएको समयमा भालुको आक्रमणमा परि शक्त गाईते बनाएपछि उपचारको लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भब नभए पछि काठमाडौ रिफर गरिएको थियो ।
कौशिलाका बाबु पिल्ठे नेपालीको केही बर्ष पहिले कामको शिलशिलामा भारतमा मृत्यू भईसकेको छ । घाईते युबती आमाको शाहारामा काठमाण्डौमा उपचारको लागि तड्पीरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार