बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका मिडिया हाउसको सहयोगमा पिपलडालीका नाैराजकाे परिवारलाई खाध्यान्न सहयोग

बडिमालिका मिडिया हाउसको सहयोगमा पिपलडालीका नाैराजकाे परिवारलाई खाध्यान्न सहयोग

  • मङ्लबार, भदौ १५, २०७८
बडिमालिका मिडिया हाउसको सहयोगमा पिपलडालीका नाैराजकाे परिवारलाई खाध्यान्न सहयोग

शर्मिला राेकाया — बडिमालिका मिडिया हाउसको सहयोगमा पिपलडालीका मृतक खलेको परिवारका सदस्यहरूलाइ खाध्यान्न सहयोग गरिएको छ । बुढिनन्दा नगरपालिका १ पिपलडालिका खले ल्वारको मृत्यु पछि ७ बर्षका नौराजले पैसा अभाबमा बुवाको उपचार गर्न नसकेर ज्यान गुमाए भन्ने समाचार पश्चात उनको परिवारलाई खाद्यन्न सहयोग भएको हो ।
बुवाको मृत्युपछि बिक्षिप्त बनेका नौराजले बुवाको क्रियामा एकदाना चामल किन्ने पैसा समेत नपाएको समाचार पाएका छैनन् भन्ने समचार पछि बिभिन्न सहयोगीदाताहरुको सहयोगमा आज उनको घरमै पुगेर दाल चामल नुन तेल लगायतको खाध्यान्न सहयोग गरिएको बडिमालिका खवरका सम्पादक प्रकाश सिहंले बताएका छन ।
बुवाको क्रियामा कात्रो गाउँलेले सहयोग गरेपनि अहिले क्रियामा रहेका नौराजलाई एकदाना चामल किन्ने पैसा समेत नभएको अबस्थामा सहयोगी सम्राटसिं बस्नेत , दावा शेर्पा लगायतका सहयोगीहरुको आर्थिक सहयो तथा बडिमालिका खवरको समन्वयमा सो साम्रगी सहयोग गरिएको हो । उनको परिवारलाई बडिमालिका खवरको पहलमा लुगा कपडा र खाध्यान्न सहयोग भएको छ ।
नौराजको बुवा खले लुवार साहुको हलो जोतेर परिवार पाल्ने गरेका थिए । बुवा मृत्युपछि नौराज र उनिक अपांग आमा अलपत्र भएका छन् । उनको क्रियामा जसको हलो जोत्ने गरेका थिए ति साहुले समेत एकदाना चामल सहयोग गरेका छैन् । नौराज अहिले सहयोगको याचना गरिरहेका छन् । उनलाई दैनिक छाक टार्न समेत निकै धौ धौ भएको छ ।
नौराजको एउटा सानो खरले छाएको घर भन्दा बाहेक सम्पत्तिका नाममा अरु केही छैन् । नौराजलाइ कात्रो किन्नलाइ पनि गाउँले सहयोग गरेका थिए । उनलाइ क्रिया खर्च गर्न एक रुपैया पैसा पनि छैन्, अर्को आमा छोरालाई छाक टार्न समेत धौ धौ भएको स्थानियले वताएका छन् । पिलडालि गाउँमा सबै हलिया समुदाय बसोबास गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार