शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा बिपत जोखीम न्युनिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

बुढिगंगा नगरपालिकामा बिपत जोखीम न्युनिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

  • शनिबार, भदौ १२, २०७८
बुढिगंगा नगरपालिकामा बिपत जोखीम न्युनिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकमा बिपत जोखीम न्युनिकरण जलबायु परिर्वतन अनुकुलन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कारितास अस्ट्रिया कारितास नेपालको आर्थिक सहयोग सामुदायिक बिकास मञ्च नेपाल द्वारा संचालित सामुदायिक उथ्थानशिलता शुदृढीकरण परियोजना बुढीगंगा नगरपालिका अन्तरगत २ दिने तालिम फालासैनमा सम्मन्न गरिएको हो ।
बुढिगंगा नगरपालिकाका १० वडाका ३० जना सहभागीहरुलाई बिपत जोखीम न्युनिकरण तथा जलबायु परिर्वतन अनुकुलन सम्बन्धी जनचेतना जोगाउने उदेस्यले सो तालिमको आयोजना गरिएको कार्यक्रम अधिकृत जानकी चन्दले जानकारी दिएकी छन । प्रयाग राज कापडीले सहजीकरण गरेको सा तालिमा प्रत्यक वडाका ३ जना सहभागी रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार